बिबाह, भोज, दाइजो प्रथा र पार्टि प्यालेस किन चाहियो !

महेश भट्टराई अमेरिका,

पहिला पहिला ८०-९० बर्ष अगाडि हाम्रा आमा हजुरआमाको पालामा १०-१२ बर्षमा मन्दिर वा आफ्नै घरमा बिबाह हुन्थो । पढाई लेखाई थिएन । परम्परा कडा थियो । पति र सासुससुराको मान सम्मान …! घरमा छोरीलाई घरमा दुख होला भनेर छोरीलाई चाहिने सबै कुरा दाउजोको रूपमा दिने गरिन्थ्यो ।

घर र कोठाका सरसामान देखि धातो ढिकी र गाईगोठका सरसामान सम्म । सुपो, नाम्लो,गाग्री ताहुला …!
भोज भतेरमा गाऊको लोकल खसि बोका र गाऊ कै अर्गानिक तरकाली घरबारीको छेऊमा वा गोठ सफा गरेर गाऊ नै मंग बास्ना आउने गरि पकाइन्थ्यो खुवाइन्थो ।

तर आज भोली छोरीहरू सबै पढे लेखेका र आफै केटा रोज्ने भै सके । आफ्नै केटा साथी नभएका कमै होलान ! लिभिड टुगेदर सम्म पुगि सक्यो । अब केटाले हैन केटीले केटा छान्ने र हेर्ने जमाना आई सक्यो । पैतृक संम्पत्तिमा समेत समान हक अधिकार भै सक्यो ।

कति त पत्नि को कमाई खाएर बस्ने लोग्ने, पतिले भन्दा बढि कमाउने पत्नि भै सके । बुहारिले कमाएको र दिएको खाने पति र बुबाआमा भै सके । घरको प्रमुख हैकम र राज गर्ने नै पत्नि वा बुहारि भै सके ।

पढे लेखेको समाज र शहरमा त समान हक अब छोरीले हैन छोराले खोज्नु पर्ने दिन आई सक्यो ।
यत्रो परिबर्तनले फड्को मार्दा पनि अझै हामी पुरानै दाउजो प्रथामा अडकि रहेका छौ ।
बाबुको पाला गाग्री ताउलो बोक्थे, हाम्रा पाला गिफ्ट बोक्न बोक्यौ ।छोराछोरीको पाला नो गिफ्ट पिलिज अब त “खाममा नगद” !

हुदा हुदा केटाको बिबाहमा समेत खाममा नगद गिफ्ट ! कत्ति लाज पचेको …!

ठुला ठुला पार्टी प्यालेय वा स्टार होटलमा पार्टी दियो, शुरू मै भाडा यति र प्लेटको यति पर्ने रहेछ भनि आफै हल्ला फिजायो । केटीको पार्टीमा त कुरै गर्नै परेन केटाको बिबाहमा समेत “गिफ्ट बक्स”( डोनेसन/माग्ने भाडो) राखि दियो फोन बाटै एलाउन्स गरिदियो ” कृपया गिफ्ट बक्समा नगद झारि दिनु होला” !

अर्को बिकल्प ताकझाक गरेर स्टेज बनायो ! खाएर मुख पुच्छ पाएको हुदैन सुचना आउछ ” लौ अब लाइन लाएर (खाममा राखेको नगद लिएर) आशिर्बाद दिन सबै पाहुनाहरू आउनु होला !”

बिबाह अगाडि नै भै सक्यो । कौयौ पटक भेटघाट र बधाई पनि दिई सकियो ! फेरि यो के को नाटक ?
यसलाई भनिन्छ “बैद्दिक अपराध” !
केटाकेटीहरू पढे लेखेका छन! दुबै आफ्नो खुट्टा उभिएका छन, राम्रो कमाई छ ! आफ्नै राजीखुशीले धेरै केटाकेटीको रोजाई र छनोट पछि आफै निर्णय गरि बिबाह गरेर छन ।

यदि पार्टी नै दिने खुवाउने धन र मन छ भने आधुनिकताको नाममा यो नौ टंकी नगरे कै राम्रो ! “नो एनि गिफ्ट” कार्डमा स्पष्ट लेख्नु , माग्ने बक्स नथाप्नु र लाइनमा नलाउनु नि ! कि बिबाह खर्च उठाउने गोप्य योजना भित्र पर्छ ? “जात फाल्नु गहतको झोलमा !”

सबै संग शुभकामना वा आशिर्बाद थाप्ने र भेट्ने हो भने दुलाहा दुलही चट्ट एक राउन्ड फ्लोरमा घुमि दिए कति राम्रो सबै पाउनाहरू लाई पनि सजिलो ।
प्रबिधीको जमाना कहां पुगि सग्दा पनि निम्ता कार्डमा अनाबस्यक खर्च अर्को लाजै लाग्दो आधुनिक बौद्दिकताको उदाहरण । दुई दिनमा रद्दिको टोकरीमा जाने कार्डमा किन यतिका खर्च ?

टाई मिलाउदै आफै लाई ठुलो देखाउन प्रकृती लाई नाश गरि फुलका गुच्छा “बुके” बोकेर जाने अर्का महान बुद्दिजीबी पाहुनाहरू ! अर्को दिन रद्दिको टोकरीमा जादा ति ओइलाएका फुलहरूले कति श्राप देलान ? तपाईको घरको गमलाको फुल काटेर तपाई लाई नै मैले गिफ्ट दिए भने …!

मेरो …बिबाह यो पार्टी हलमा, यति जन्ति, यति खर्च, यति पाहुना …???

बरू यस्तो पार्टी गर्नु भन्दा बिबाह खर्च बापतको रकम एउटा गरिब दुखि गरिब वा गाऊको बिध्यालय वा स्वास्थ्य चौकी लाई दान दिएर जिवनभर पुन्य कमाउनु नि !

आज भोली हुने गरेका यस्ता पार्टी प्यालेसको बिबाह,भोज,दाइजो जस्ता “बौद्दिक अपराध” देश बिदेश दुबैमा बेलैमा परिबर्तन हुन जरूरी छ !

परिबर्तन हरेक “म” बाट शुरू हुनुपर्छ!

महेश भट्टराईको यो भिडियो पनि हेर्नुहोला