वुद्ध कहाँँ जन्मनु भएको प्रश्नभन्दा उहाँको शिक्षा महत्वपूर्ण होइन र?

[लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले अभियानकै बारेमा दिग्भ्रम सिर्जना गर्ने महत्वपूर्ण प्रश्नहरुलाई जबाफ दिन शुरु गर्नु भएको छ सामाजिक सन्जाल मार्फत । उहाँले दोश्रो प्रशनाका रुपमा आज “वुद्ध कहाँँ जन्मनु भएको भन्ने प्रश्नभन्दा उहाँको शिक्षा महत्वपूर्ण होइन र?” भन्ने प्रश्नको जबाफ दिनु भएको छ र सबैको जानकारीको लागि हामीले पनि यस्लाई लेखको रुपमा प्रकाशित गरिदिएका छौं ।- सं]

रामकुमार श्रेष्ठ

वुद्धको जन्मस्थल बिषयमा विस्वब्यापी दिग्भ्रम सिर्जना नगरिएको भए यो प्रश्न सही हो, तर सिर्जित यो समस्याका कारण दुबै बिषय महत्वपूर्ण हुन । निम्न तीन कारणले गर्दा यो बिषय अति महत्वको बिषय हो:

१ वुद्ध सत्यका पर्यायबाची हुनुहुन्छ, तर उहाँकै जन्मस्थल बिषयमा धेरै देशको पाठ्य पुस्तकमा नै गलत जानकारी राखिएको र गलत जानकारी समाधानभन्दा प्रबाह गर्ने नियत योजनाबद्ध र प्रभाबशाली देखिएकोले सही कुरा गलत र गलत कुरा सही जस्तोको रुपमा स्थापित भैराखेको छ धेरै देशमा । सही कुरालाई सत्यको रुपमा स्थापित गर्दा मात्रै सत्यका पर्यायबाची वुद्धमाथि न्याय गरेको ठहरिने भएकोले यो काम अत्यन्तै महत्वपूर्ण छ ।

२ प्रजातन्त्रको अत्यन्तै महत्वपूर्ण आधारभूत कुरा हो जनताले जानकारी पाउनु, तर जानकारी सही हुनुपर्छ । विस्वका ५०% भन्दा बढी जनताले विस्व शान्तिका प्रतिक वुद्धको जन्मस्थल बिषयमा गलत जानकारी पाइरहेका छन । त्यसैले प्रजातन्त्रको सबलिकरणको लागि पनि वुद्ध जन्मस्थल बिषयमा भएको विस्वब्यापी दिग्भ्रम निस्तेज उच्च प्राथमिकताको बिषय हुनुपर्छ ।

३ प्राबिधिक समस्याका कारण पाठ्य पुस्तक मार्फत गलत जानकारी प्राप्त हुने र गलत नियतबस गलत जानकारी दिने पक्षको प्रभाबकारी प्रचार प्रसार जस्ता कारणले गर्दा बर्षेनी वुद्ध जन्मस्थल जान चाहने हजारौं मानिस गलत ठाउँँ पुगेर फर्कने गरेको पाईन्छ । यस्ले उनीहरुको मानब अधिकार हनन गर्ने काम गरिराखेको छ र यस्को प्रतिरक्षाको लागि पनि यो कदम विस्वब्यापी महत्वको छ ।

अभियानका तर्फबाट सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई मैले लेखेको छ: पेजको अनुसन्धात्माक प्रतिबेदनमा केही प्राबिधिक कारणले गर्दा उनीहरुको देशका पाठ्य पुस्तकमा विस्व शान्तिका प्रतिक वुद्धको जन्मस्थल बिषयमा भएको गल्ती उनीहरुको देशको प्रजातन्त्रको सबलिकरण र उनीहरुको जनताको मानब अधिकारको हननको प्रतिरक्षाको लागि सच्याउनु पर्ने भनी आग्रह गरिएको छ । यही प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को हालैको बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती सात देशमा पत्राचार गरेको छ ।

फेसबुकमा यो पोस्टिङ् लिंक: अभियानबारे दिग्भ्रम निस्तेज २: वुद्ध कहाँँ जन्मनु भएको प्रश्नभन्दा उहाँको शिक्षा महत्वपूर्ण होइन र?

यस्को पहिलो पोस्टिङ् लिंक: अभियानबारे दिग्भ्रम निस्तेज १: वुद्ध ब्यक्ति हुन वा होइनन?