मन बिनाको धन ठुलो गीतको फेरी बन्यो यस्तो भिडियो सबैले हेर्नुहोला (भिडियो सहित )

पछिल्लो समय अत्यन्तै चर्चामा आएको गित मन बिनाको धन ठुलो धेरै दर्शक स्रोताको मनमा बस्न सफल भयो । यो गित पछि अशोक दर्जीलाइ धेरै दर्शक स्रोताहरुले माया गरेर सहयोग गर्नु भयो । गायक तथा संगीतकार टंक बुढाथोकी र अशोक दर्जीको स्वर रहेको यो गितले देश विदेशका सबै सहयोगी मन हरुलाई सहयोग गर्न प्रेरित पारिदियो । अशोक दर्जीको परिवार अत्यन्तै कम्जोर रहेकोले उसलाई घर र जग्गा किन्न मन भएका सहयोगी दाताहरुले सहयोग गरेर आज अशोक दर्जी संग चिटिक्क परेको घर छ ।

अशोक दर्जी र टंक बुढाथोकीको स्वर रहेको गित मन बिनाको धन ठुलो कि धन बिनाको मन ? प्रस्न उब्जिएको यो गितको उतर दिने उदेश्यले टंक बुढाथोकीका दाजु टिकाराम बुढाथोकीले एउटा कथा मार्फत यसको उतर दिने प्रयास गरेका छन् । पूर्व झापाको बेलडाँगी स्थित अशोक दर्जीको गित छायांकन गरिएको ठाउमानै यो भिडियोको शुटिंग गरिएको हो । टिकाराम बुढाथोकीको धारणा तथा निर्देशनमा तयार पारिएको यो गितमा अभिनय धेरैको रहेको छ भने शिशिर बुढाथोकीको सह निर्देशन र संदेश मोतेको छायांकन रहेको छ ।कृपया भिडियो हेरेर जानकारीको लागि सेयर गर्दिनुहोला ।
[youtube https://www.youtube.com/watch?v=iD3u51RiUDk]