फेरी घट्यो फेवा तालको नहरमा यस्तो घटना, एक महिला यस्तो अवस्थामा, स्थानीले बग्दै आएको देखे (स्थलगत)

पोखरामा पछिल्लो समय आमत्महत्या गर्ने र मर्नेहरुको संख्या बढ्दै छ । बिशेषत् पोखराको सेती नदी र फेवाताल लगायत बेगनास तालमा यस्ता अकल्पनीय घटनाहरु हुँदै आएका छन् । गत हप्ता मात्र पोखराको बेगनासतालमा डुङ्गा डुब्दा ८ जनाले ज्यान गुमाएका थिए भने फेरी आज पोखराको रातोपैह्रोमा २५ बर्षीय महिलाको शब फेला पर्यो ।
फेवातालमा पुम्दीभुम्दीकी युवतीले हाम्फालेर ज्यान गुमाएको एक महिना हुन नपाउँदै फेरी फेवा तालको नहरमा अर्की महिलाको शब फेला पारेको छ । स्थानीयबासिका अनुसार करिब ३० बर्षकी देखीने महिलाको शब फेवातालको ड्यामसाईडको नहरमा फेला परेको हो । नहरमा नुहाउन र लुगा धुन गएका स्थानीयहरुले नहरमा बग्दै आएको शब देखेर प्रहरीलाई खबर गरेका थिए । शबको पहिचान हुन सकेको छैन । शबलाई पोस्र्टमाटमको लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ ।