बेलायतमा मनकामना महिला समुह वेष्ट ब्रोम्विच को दरखाने कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न (भिडियो सहित)

स्कटनेपाल युके,

राधा खरेल,

बिर्मिङ्हम वेष्ट ब्रोम्विच मा अबस्थित बसोबस गर्ने नेपाली महिला दिदी बैनी हरुको समुह ”मनकामना महिला समुह “ ले आयोजना गरेको दर खाने कार्यक्रम मा नेपाल देखी आउनु भएका बुवा आमा र स्थानिय महिला दिदी बहिनी र दाजु भाई हरुको उपस्थितिमा रहेको उक्त कार्यक्रमा २०० जना को हाराहारीमा ऊपस्थिती रहेको थियो ऊक्त कार्यक्रम बेलायतमा देखिने अन्य कार्यक्रम भन्दा बेग्लै देखिन्थ्यो कार्यक्रम औपचारिक नभई अनौपचारिक रूपमा सन्चालन भएको थियो।

सम्पूर्ण दाजुभाई दिदीबहिनी समान हौ भन्ने उदेस्यका साथ अगाडी बढिरहेको मनकामना महिला समूहले आयोजना गरेको यस कार्यक्रममा खादा र ब्याज रहित थियो कार्यक्रम को सन्चालन समूहकी सचिब सुनिता तिबारीले गरेकि थिईन भने शुभकामना मन्तव्य नेपालदेखि आउनु भएका बुवा सुर्यमूर्ति खरेल र समूहकी अध्यक्ष श्रीमति राधा खरेलले उपस्थित सबैलाई शुभकामना मन्तव्य सहित आगामी दिनमा पनि सबैसग यसरीनै हातेमालो गर्दै अगाडी बढ्ने कुरा जोड्नु भएको थियो ४बजे बाट शुरू भएको उक्त कार्यक्रम रात्री १० बजेसम्म दिदीबहिनीहरू गाउघरकै झल्को मेटिने गरि कम्मर मर्काइ मर्काइ नाचेका थिए कार्यक्रममा समाजका समाज सेवि श्री हरि सापकोटा’श्री टिका सापकोटा’श्री देवि सापकोटा ज्यूले मिठो दरको व्यवस्था गर्नुभएको थियो भने सप्ट ड्रिन्क र पानिको व्यबस्था पन समाजसेबि श्री हरि पराजुलिले गर्नुभएको थियो ।

भिडियो हेर्नुहोस