मेरो ममी बाबाले मलाई छाडेर जानु भो, म बाँच्न चाहन्छु, मलाई बचाऊनुहोस् (भिडियो सहित)

स्कटनेपाल युके,

धनकुटा । २०७२ सालमा आफ्नै घर नजिक चुंडिएर झरेको बिजुलीको तारमा खेल्दा करेन्ट लागेर देब्रे कान, हात र खुट्टा गुमाएका धनकुटा चौबिसेका ७ बर्षीय बालक सन्देश तामाङ्लाई अहिले फेरी टाउकाको घाउले सताईरहेको छ । हात र खुट्टाको भर नहुंदा एक महिना अघि मावलीमा लडेर उनको टाउकोमा गहिरो चोट भएको थियो ।

गएको ४ महिना देखि बुवा–आमा बेपत्ता भएपछि आधा शरिर अपांगता भएका उनी उपचारको अभावमा टाउकोमा घाउ बोकेर थप पिंडाले छटपटिएर हिंड्न बाध्य सन्देश सबैजना भएर पनि एक्लो जस्तै छन् । बाबु टेक बहादुर कान्छि श्रीमतीसंग काडमाण्डौ तिर र आमा प्रमिला पनि सम्पर्क बिहिन भएपछि अहिले ६५ बर्षीया बाजे जीत बहादुर तामाङ्ग मात्र उनको सहारा बनेका छन ।

करेन्ट लागे देखि हाल सम्म ऋण गरेर उनको उपचारमा १० लाख ५० हजार खर्च गरेका तामाङ्ग परिवारले अब भने आर्थिक अभावमा सन्देशको उपचार गर्न छाडेका छन् ।

पहिलाकै साढे पाँच लाख भन्दा बढी ऋण बाँकी नै भएको र अब कुनै उपाय नभएको बताऊँदै बाजे जीत बहादुर सहयोग गरिदिनुहुन अपिल गर्दै भन्छन,- उपचार खर्च नहुँदा सन्देशका बाबु आमाले नै छाडे, म उपचार गर्न लैजान्छु तर म सगँ आर्थिक उपाय छैन तपाईहरुले सहयोग गरेर मेरो नातिलाई बचाईदिनुहोस्’

अपांगता भएका संदेश बचेको एक हात जोड्दै भन्छन,- मलाई मेरो ममी-बाबाले छाडेर जानु भो, म बाँच्न चाहन्छु, मलाई बचाऊनुहोस् ।

सहयोग कहाँ र कसरी गर्ने ?

सन्देशको मर्माहत समाचार प्रकाशन गरिएसँगै देश र विदेशमा रहनुभएका सहयोग गर्न ईच्छुक सहयोगी मन र हातहरुले सहयोग गर्न ईच्छा देखाएसँगै धनकुटा खबर टिम नै “सन्देश बचाउ अभियान”मा लाग्ने निर्णय गरिएको छ ।

सहयोगका लागि “धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.” कै नाममा रहेको ‘जनता बैंक‘ (पाख्रीबास शाखा) को खाता नं ०२६००२०४७७४७२०१ मा सहयोग जम्मा गर्न आग्रह गरिएको छ ।

प्राप्त सहयोग रकमको उपयोगः

सहयोग जम्मा गरेपछि ‘भौचर’ धनकुटा खबरको अफिसियल पेज www.facebook.com/dhankutakhabar/ मा म्यासेज वा news.dhankutakhabar@gmail.com वा marhoun.bishnu@gmail.com मा मेल गरिदिनु हुन अनुरोध गरिएको छ । प्राप्त भौचर र जम्मा भएको रकमको आधारमा संकलित रकमको पारदर्शि हिसाब राखी सहयोग कर्ताको नाम र प्राप्त रकम समाचार सहित भिडियो प्रकाशित गरिने छ र प्राप्त पुरै रकम पीडितलाई हस्तान्तरण गरिने छ । रकम हस्तान्तरण गरिएसँगै धनकुटा खबरको प्रतिनिधी र पीडितका हजुरबुबाको साथमा उपचारार्थ सम्बन्धित अस्पताल लगि उपचार गराईने छ । अनुमानित उपचार खर्च रकम रु. ३ लाख सङ्कलन भए लगत्तै अर्को समाचार प्रकाशित गरी संकलन कार्य बन्द गरिएको जानकारी गराईनेछ ।

धनकुटा खबर अनलाईनको तर्फबाट उचार सहयोग रकम स्वरुप ११ हजार १ सय ११ रुपैंया सहयोग गरी “सन्देश बचाउ अभियान” शुरु गरिएको जानकारी अबगत गराऊदैं देश र विदेशमा रहनुभएका सम्पूर्णमा सहयोगका लागि आग्रह गर्दै यो पोष्टलाई सक्दो शेयर गर्नुहुन अनुरोध गरिएकोछ ।

यो पनि हेर्नुहोस – करेन्ट लागेर पूरै आधा शरिर अपांगता भएका धनकुटाका ७ बर्षे यी बालकको हरिबिजोग !, आमा बेपत्ता, बाबु कान्छी च्यापेर काडमाण्डौ तिर (भिडियो सहित)