गोर्खा नेपाली समाज डर्बीले भिक्टोरिया क्लबमा हरितालिका तीज भब्य रुपले सप्पन्न गर्यो (भिडियो र फोटो फिचर सहित)

हरि भट्टराई, डर्बी युके,

9 सेप्टेम्बर 2018 गोर्खा नेपाली समाज डर्बी ले भिक्टोरिया क्लबमा नेपाली नारी हरुको महान पर्व हरितालिका तीज भब्य रुपले सप्पन्न गरेको छ। हरितालीकातीजको कार्यक्रम समाजका सचिब हरि भट्टराईले सन्चालन गर्नु भएको थियो भने नारी समाजको अध्यक्ष बसुन्दरा थापा र गोर्खा नेपाली समाज डर्बीका अध्यक्ष चन्द्र थापाले स्वागत मन्तव्य राख्नु भएको थियो।

helth and sefty सम्बन्धि आबस्यक सूचना नबराज मल्लले दिनु भयेको थियो भने नाच गान कार्यक्रम यम राना र राजेश मल्लले सन्चालन गर्नु भयेको थियो। नारीका बेदना लाई झल्को दिने मौलिक गीत हरु सितल मल्ल, देबि कंडेल , मिना भट्टराई ,माया सापकोटा , सरला सापकोटा , सरास्वती सापकोटा , हसिना रेग्मी लगायत सम्पुर्ण उपस्थिति महिला दिदी बैनी हरु ले गाउनु भयेको थियो भने राजेस मल्ल र गंगा रिजालले मादलमा सहयोग गर्नु भयेको थियो।

मौलिक गीत हरु पछि सम्पुर्ण उपस्थित दिदिबहिनी र दाजुभाइ मिलेर नेपाली तीजका गीत हरुमा नाच्दै भब्य रुपमा हरितालिका तीज मनाउनु भएको थियो। दर को ब्याब्स्था एभरेष्ट रेस्टुरेन्ट बाट भएको थियो।


भिडियो तल हेर्नुहोला