हेर्दाहेर्दै निल्याे वेगनासले ८ जना पाहुना ! (भिडियो)

गाउँको सुन्दर घर जहाँ बुढा बुढी मात्र बस्थे । भएका बालबच्चा पढ्नका लागि बाहिर भएपछि भर सुन्य छ । चाडबाड बाहेक घरमा मान्छेको चहलपहल हुँदैन । तीज लागेपछि पाहुनाहरु आउन थाल्छन् । अनि खुशी हुन्छन् कँडेल दम्पत्ति ।
तालकै आडमा घर भएपछि पाहुना पनि बेसी नै हुन्छन् कँडेल परिवारमा । शनिवार पनि १० जना पाहुना घरतिर आउँदै थिए । स्थानीय कमल कँडेलको घर जान मोटरबाटो पनि छ । तर धेरैजसो डुंगाबाटै जान्छन्, कम हिड्नुपर्ने भएकोले ।
साढे १२ बजेतिर डुंगामा चढेर आएका पाहुना कुर्दै थिए कँडेल दम्पत्ति । घर नजिकै पुग्न लाग्दा अचानक बच्चा तालमा खस्यो । बच्चालाई समात्न खोज्दा डुंगा उत्तानो प¥यो । गल्र्यामगुर्लुम मान्छे तालमुनि फसे ।
हेर्दाहेर्दै ८ जनालाई बेगनास तालले खायो । २ जना पौडेर मुश्किलले बाँचे । मृतकमध्येका रवी खनालकै जोडबलले क्षमताभन्दा बढी यात्रु डुंगामा थिए । त्यसमाथी खनाल आँफैले डुंगा चलाउने भनेपछि चालक गएनन् । खनाल आँफै जान्ने चालक होईनन् ।
सिकारु चालकले डुंगा चलाएकै कारण डुंगा पल्टिएको स्थानीयहरु बताउँछन् । त्यसमाथी उनीहरु कोहीपनि लाईफ ज्याकेटमा थिएनन् । शनिवारको दुर्घटनामा धेरै कमजोरीहरु मिसिएको प्रहरीले जनाएको छ ।