अर्घाखाँचीमा प्रेमीसंग मिलेर श्रीमानको हत्या (भिडियो सहित)

यहि भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका–१२ बस्यालटोला नजिकै बोरामा फालेको अबस्थामा भेटिएको शबको पहिचान भएको छ ।
सन्धिखर्क १२ बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शब कपिलबस्तु वाणगंगा नगरपालिका वाड नम्वर ७ धैरेनीडाडाका ३६ बर्षिय धनबहादुर घर्ती मगरको रहेको पुष्टी भएको हो ।
डिभर्ना बस्याल टोलाका महिलाहरु ख¥यानमा घास काटन गएको समयमा गन्ध आएपछि के मरेछ भनेर खोज्दै जादा स्थानीयहरुले अनुहारनै नचिनिने अबस्थामा मानसिको शब देखेका थिए । मानिसको शब देखेपछि स्थानीयहरुले प्रहरीलाइ खबर गरेका थिए ।

बाकी  भिडियोमा हेर्नूहोस ।
[youtube https://www.youtube.com/watch?v=iGmm2_sljqw]बेबारिसे शब भेटिए पछि प्रहरीले अनुसन्धान थालेको थियो । वेवारिसे शब  भेट्टिएको २ दिन पछि कपिलवस्तुको बाँणगंगा ७ धैरेनीडाँडा बस्ने  ३६ बर्षको धनबहादुरको हुन सक्ने भन्दै  मंगलबार  राती  श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शब हेरिन । शब हेरेपछि  मेरो श्रीमानको शब हैन भनेर राधा फर्किइन । प्रहरीले राम्रो संग हेर्नुस हुन सक्छ भन्दा मेरो श्रीमानलाइ मैले भन्दा अरु कस्ले चिन्न सक्छ । उनले भनिन  यो शब मेरो श्रीमानको हैन ।   आफ्नो श्रीमानको लास नभएको भन्दै राती नै राधा घर फर्केकी थिईन ।
प्रहरीले फेरि राधालाइ जिल्ला प्रहरी कार्यलयमा बोलायो । शबको बारेमा फेरि अनुसन्धान सुरु गर्यो । प्रहरी संग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर प्रहरी संग झुटो विवरण बताइन । प्रहरीलाइ शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिन । हत्या गरेर बोरामा बानेर फालेको उनले स्विकार गरिन ।