कति सम्मको लापर्वाही ? सरकारी अस्पतालले दियो ल्याबको गलत रिपोर्ट, उडूसले आतंक उस्तै, बिरामीको कडा आक्रोश (भिडियो)

गत भदौ १५ गते शुक्रबार पोखरा १२ ढिकालेथरका ९ वर्षीय अमित पौडेललको टाउको दुखेपछि उनकी आमा नन्दमाया पौडेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिन त्यहा उपचारको क्रममा उनको ल्याब परिक्षणका क्रममा जन्डिस देखिएको चिकित्सकले बताए । अमितलाई लिएर गएका उनका मामा विश्व सुवेदीलाई अस्पतालको रिपोर्टमा शंका लाग्यो । विश्वले भाञ्जालाई सामान्य टाउको दुख्यो भनेर हामीले अस्पताल लगेका थिए, तर गण्डकी अस्पतालमा जण्डिस चेक गराउदा ५.४ देखाएको थियो । तर पोखराको न्यूरोडमा रहेको पद्मनर्सिङ होममा चेक गराउदा ०.९ देखिएको छ । जबकी ०.२ देखि १.४ सम्मको अवस्थालाई जण्डिसको सामान्य अवस्था मान्न सकिन्छ । यसैबीच भदौ १७ गते पोखराको युआरएलमा जण्डीस जाँच गर्दा ०.५६ देखिएको छ । पछिल्लो समय गण्डकी अस्पतालमा उपचार गराउने क्रममा धेरैको ज्यान गएको र विभिन्न घटना घटीरहेको र आफ्नो भाञ्जा हेर्दा सामान्य देखिएको तर रिपोर्टमा जण्डिस धेरै देखिएकाले आफुहरुलाई विश्वास नलागेको पिडित पक्षको भनाई रहेको छ । उता सरकारी अस्पतालमा उडूस आतंक उस्तै छ । बिरामी सहित बिरामी कुरवालाई सकस परेको छ । हेरौं यो भिडियो