अशोक दर्जीपछि युटुबमा भाइरल बाल गायक मनिष लिम्बु भन्छन मेलिना राई संग बिहे नभए बाँदर संग गर्छु (भिडियो सहित )

पछिल्लो समय अशोक दर्जीपछि युत्युबमा भाइरल भइरहेका छन् ९ वर्षीय वाल गायक मनिष लिम्बु । पाँचथर घर भएका मनिष लिम्बु सुमधुर आवाज र कुशल अभिनय गर्ने क्षमताका कारण मिडियामा दिन प्रतिदिन भाईरल भईरहेका छन् ।केही हप्ता अगाडी मात्र काठ्माडौं आएका मनिषको कलाको प्रसंसा गर्दै विभिन्न मिडियाहरुले अन्तरवार्ता लिईरहेका छन् । राजेशपायल राई, दिपक लिम्वु, प्रमोद खरेल, प्रेम परियार र केहि समय अघि मिडियामा भाईरल भएका वाल गायक अशोक दर्जी लगायत विभिन्न गायकहरुको गित सुमधुर आवाजमा सजिलै गाउन सक्छन् ।

गाउने बाहेक मनिष हाँस्य कलाकार विल्सन बिक्रम राई तोक्मे बुढाको राम्रो क्यारीकेचर गर्ने मनिषले महानायक राजेश हमालको समेत डाईलग वोल्छन् । सानै उमेरमा निर्धक्क सँग मिडियामा बोल्न सक्ने खुवि भएका कारण पनि मनिषलाई मिडियाले सहज रुपमा अन्तरवार्ता लिन सक्छन् ।विशेष गरी सुमधर आवाज र राम्रो अभिनय गर्ने क्षमता भएका कारण कलाकारिता क्षेत्रमा सम्भावना देखेर उनलाई गायक तथा संगीतकार सुहाङ लिम्बु र जिवन लिम्वुले काठ्माडौं ल्याएका हुन् ।सामान्य किसान परिवारमा जन्मिएका यी वालक पाँचथरकै एक स्कुलमा अध्यन गरिरहेका थिए ।
[youtube https://www.youtube.com/watch?v=3Vb8DbPL9lw]