विन्ध्यवासिनी फाउन्डेसनले गर्ने भयो यस बर्ष पनि बिभिन्न सम्मान कार्यक्रम

लभ स्टोरी चलचित्रका लागि गीत तयार पार्न माहिर मानिएका संगीतकार अर्जुन पोखरेल अब एकल साँझमा गुञ्जने भएका छन् । विन्दवासिनी फाउन्डेशनले असोजको अन्तिम साता आयोजना गर्न लागेको ‘विन्ध्बासिनी संगीत साँझ’मा अर्जुनले आफ्नो रचनाहरु पस्कने छन् ।

कार्यक्रममा अर्जुनको साथमा उनको संगीत र स्वरमा साथ दिएका गायक तथा गायिकाहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् । संगीत साँझमा गायक सुगम पोखरेल, गायिका अन्जु पन्त, गायक प्रमोद खरेल, गायक शिव परियार, गायिका दुर्गा खरेल, गायिका मञ्जु पौडेल, गायक रामजी खाँड, गायक सुरेश लामा, गायक सन्तोष लामा, गायिका स्वेच्छा ठकुरी लगायतले आफ्नो प्रस्तुति दिनेछन् । अर्जुनले यो कार्यक्रमका लागि आफू उत्साहित भएको समेत प्रतिक्रिया दिए ।
संगै विन्ध्यवासिनी म्युजिकका संचालक सुबास रेग्मी लेख्छन “मुक्तिनाथ बिकास बैंक को प्रायोजनमा बिन्ध्यबासिनी म्युजिकको प्रस्तुतीमा र बिन्ध्यबासिनी फाउण्डेशनको आयोजनामा हुन गईरहेको “बिन्ध्यबासिनी संगीत साँझ २०७५” र “नवौं बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७५” मा सम्मानित हुनुहुने श्रष्टा सर्जकहरुको नाम सिफारिस र सो बिषयमा अन्तरक्रियात्मक कार्यक्रममा बिन्ध्यबासिनी फाउण्डेशनका सल्लाहकार ज्यू हरू, बिन्ध्यबासिनी फाउण्डेशनका आजिबन सदस्यज्यूहरु तथा बिन्ध्यबासिनी फाउण्डेसनबाट बिभिन्न समयमा सम्मानित हुनुभएका श्रष्टा कलाकार तथा पत्रकारज्यूहरू बाट सिफारिस भै आएको नामहरू उपर छलफल गरी निम्नलिखित व्यक्तित्वहरुलाई यस बर्षको सम्मान तथा पुरस्कार दिने निर्णय गरियो ।
१ . बिन्ध्यबासिनी लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७५ , संगीतकार श्री शक्ति बल्लभ ज्यू
२. बिन्ध्यबासिनी संगीत साधना सम्मान २०७५ , गायिका श्री ज्ञानु राणा ज्यू
३. बिन्ध्यबासिनी संगीत रत्न सम्मान २०७५, गायक श्री सुगम पोखरेल ज्यू
४. बिन्ध्यबासिनी कलापत्रकारीता सम्मान २०७५ , श्री रमण घिमिरे ज्यू
५ . बिन्ध्यबासिनी चलचित्र सम्मान २०७५, निर्देशक श्री मिन बहादुर भाम ज्यू (कालो पोथी)
यस बर्षबाट देश संघियताको ढाँचामा अगाडी बढिरहेको सन्दर्भमा, बिन्ध्यबासिनी पत्रकारिता पुरस्कार पनि हरेक प्रदेशबाट एक जाना छनौट गरि ७ प्रदेश बाट ७ पत्रकारलाई पुरस्कृत गर्ने निर्णय अनुसार निम्नानुसारका पत्रकारज्यूहरू लाई पुरस्कृत गर्ने निर्णय भयो ।
१ . श्री सपनी राई ज्यू (इलाम एफएम)
२ .श्री शिभम कुमार शाह ज्यू ( नारायणी एफएम र बिरगंज टिभि )
३. श्री हरि बल्लभ नेपाल ज्यू ( मेरो एफएम )
४. श्री प्रकाश पौडेल ज्यू ( धौलागिरी एफएम)
५. श्री अनिता खत्री ज्यू ( रेडियो रेसुङ्गा )
६. श्री केशब ढकाल ज्यू ( भेरी एफ एम)
७. श्री कृष्ण ओली ज्यू ( बाजुरा एफएम र नागरिक दैनिक)
यस बर्षबाट हामीले बिन्ध्यबासिनी संगीत साँझमा कुनै एक सर्जकको श्रृजनामात्र प्रस्तुत गर्ने नयाँ परम्पराको थालनी गरेका छौं । जसमा यो बर्ष संगीतकार श्री अर्जुन पोखरेल ज्यूको श्रृजना गुन्जायमान रहनेछ ।
हजुरहरू सम्पुर्णको साथ र सहयोगको लागी बिन्ध्यबासिनी फाउण्डेशन परीवार कृतज्ञ छ । जय गीत जय संगीत!!