नेपालमै पहिलो पटक यी बाल कलाकार आयुब सेन अभिनित चलचित्र मेरी मामुले दर्शकलाई तान्यो हलभित्र

यो शुक्रबार बाट चलचित्र मेरी मामु प्रर्दशनमा आएको छ । प्रेमकथामा आधारीत फिल्म मात्र बनाइरहेको टिमले यो चलचित्रलाइ २ महिनामा छायांकन पोष्टप्रोडक्सन हुदै हल सम्म ल्यायो तर चलचित्र ६ महिना लगाएर बनाए जस्तो बनेको छ । एउटा बालकलाइ चलचित्रको मुख्य पात्रको रुपमा उभ्याइएको छ । आमाको अभाव , पिताको व्यस्त जिवन र सौतेनी आमा अनि एउटा गहिरो भ्रमलाइ एक अबोध बालकको मनमा यसरी गाडिएर बसेको हुन्छ कि चलचित्र हेरी रहने जो कोहिलाइ पनि फिल्म अवधि भित्र मज्जाले बाधेर राख्न सक्छ । चलचित्र भित्रका हरेक पात्र आयुव सेन , सारुक ताम्राकार , अश्लेशा ठकुरी , कुशुम गुरुङ देखि कुकुर सम्मको अभिनय लाइ तारिफ नगरि बस्न मिल्दैन ।

दुइ मिल्ने साथी मनिषा र ममता निशुल्क स्वास्थ्य सिबिर को लागी डाक्टरको खोजी मा हुन्छन् , त्यहि क्रममा भेट हुन्छ आकाश संग । मनिषा अलि आधुनिक तर ममता धर्मकर्ममा बिश्वास राख्ने । दुइ साथिले आकाश संग माया गर्छन् तर मनिषा ममताको लागी आकाश संग टाढा हुन्छिन् । किन टाढा हुन्छिन् , आकाश र ममता बिच कस्तो सम्बन्ध हुन्छ , छोराको कलिलो मानसपटलमा कस्ता कस्ता कुराहरु प्रवेश गर्न थाल्छन् र त्यसको रिजल्ट कस्तो हुन्छ भन्ने बुझ्न भने चलचित्र मेरी मामु हेर्नै पर्छ ।
चलचित्र हेरिरहने जो कोहिका आँखामा आशु भरिएर आउछ । चलचित्रले यस्तो एउटा सन्देश दिन्छ कि बिबाहित युवायुवतिलाइ एक पटक सोच्न पक्कै बाध्य पार्छ ।
याम थापाको निर्देशनमा तयार चलचित्र मेरी मामुलाइ सन्तोष सेनले निर्माण गरेका हुन् ।