ब्रिटिस लाहुरेनीले जंगल छेउमा गर्दैछिन् यस्तो काम, आखिर किन रोजिन् यो पेशा (भिडियो)

उमेरले बुढौली लाग्दै छ तर पनि कृषि प्रतिको मोह उस्तै छ । जिवनमा पाएका अवसर, धन दौलत र बिकसित मुलुकको नागरिक बन्ने अवसरलाई समेत छोडेर देशमै केही गरौं भन्दै दिन रात मोटोसंग मितेरी गाँस्दै कृषिमै जीवन बिताउन चाहनेहरु कमै हुन्छन् ।
पोखराको हेमजामा लामो समय कृषि फर्म संचालन गरेकी मिना गुरुङ अहिले आफ्नै जमिनमा कृषि अनुशन्धान केन्द्र बनाउन जुटेकी छन् । पोखराको हेमजामा बिगत ८ बर्ष अघि देखी अर्गानिक कृषि उत्पादन गरेर महिला उदमी कृषकको रुपमा ख्याती कमाएकी मीना अहिले पनि उत्तिकै जोश जाँगरका साथ कृषिमा तल्लीन् छीन् ।
पोखरा हेमजा मिलनचोक भन्दा करिब २ किलोमिटर माथि झिझिर्का भन्ने ठाउँ छ । जहाँ मिना गुरुङको एग्रो टुरिजम फर्म बन्दै छ । उनले २० रोपनी जग्गामा माया इको भिलेज नामक कृषि फर्म बनाउँदै छिन् । हामी उक्त ठाउँमा पुग्दा उनी फर्म निर्माण मै ब्यस्त थिईन् । कुराकानीकै क्रममा उनले फर्म निर्माण कार्य सुरु भएको र करिब एक बर्ष भित्र सकिने सुनाईन् । उनले फार्म एक कृषि उत्पादनको लागी मात्र नभएर अनुसन्धान गर्न मिल्ने कृषि पाठशाला स्तरको बनाउन लागेको बताईन् । उनले पहुनाहरु उनकै फर्ममा बस्न र त्यही कृषि सिक्न समेत सक्ने र बिभिन्न कृषि सेमिनारहरु राख्नका लागी सेमिनार हल सहितको घर निर्माण हुने जानकारी दिईन् ।