पत्रकार धमलाकी पत्नी एलिजाको ट्रेलरले १० घण्टामै बम्पर भियोर्स !अहिले सम्म यति धेरै दर्शकको मनमा (हेर्नुहोस)

सञ्चारकर्मी ऋषि धमलाले निर्माण गरेको फिल्म ‘अनुराग’ को प्रोमो सार्वजनिक भएको छ । म्युजिकल लभ स्टोरी फिल्मको प्रोमोमा धमला पत्नी एलिजा गौतम र नव नायक समुन्द्रराज पण्डितको संगीतप्रतिको लगावलाई महसुश गर्न सकिन्छ । प्रोमो हेर्नुस् :

सत्यराज आचार्यको निर्देशन रहेको फिल्म अनुराग मा एलिजा र समुन्द्रसँगै सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राणा लगायतको अभिनय छ । फिल्ममा संगीत ताराप्रकाश लिम्बु र सरोज पोखरेलले दिएका छन् ।

किरण ढकालको कथा रहेको अनुरागमा निर्देशक चौंलागाईं र अगात केसीको पटकथा एंव संवाद छ । निर्माताको रुपमा गीता भेटवाल रहेकी छिन् । अनुराग असोज १२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।