अशोक ,टंक र ए आरले नेपालटार यसरि हल्लाए , दर्शकहरु यसरि उर्लिए (भिडियो सहित )

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य सकिएर अहिले उनको घर हस्तान्तरण कार्यक्रम पनि सकिएको छ । अशोक दर्जी अहिले काठमाडौँमा छन् ।

आफ्नो घर हस्तान्तरण कार्यक्रम सके लगतै अशोक, टंक र ए आर बुढाथोकीका साथमा डिजे रुपक पनि युएइको कार्यक्रममा गएका थिए । अशोक दर्जी अहिले नेपालका चर्चित सेलिब्रेटीका रुपमा परिचित छन् । गायक तथा संगीतकार टंक बुढाथोकी र अशोक दर्जीको कार्यक्रममा आजकल धेरै डिमाण्ड हुने गर्दा छ । युएइ बाट फर्के लगतै टंक बुढाथोकी, अशोक दर्जी र एआर बुढाथोकी कार्यक्रमको लागि नेपालटार पुगेका छन् । नेपालटारमा अशोक दर्जी र टंक बुढाथोकीका फ्यानहरु अत्यन्तै मात्रामा देख्न सकिन्छ । तल भिडियोमा टंक , अशोक र ए आरको प्रस्तुति हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=x6IQVGqZld8]