सन्तोष र सहिमाको ढाट्यो माया आजबाट युटियुबमा

गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको संयुक्त गीत ढाट्यो मायाले आजबाट युटियुबमा सार्वजनिक गरिएको छ । गत विहीबार पोखरामा लोकार्पण गरिएको गीतको म्युजिक भिडियोलाई हाईलाईट्स नेपालको युटियुब च्यानलबाट सार्वजनिक गरिएको हो । अभिनयमा अनुराग ठकुरी र बबिता श्रेष्ठको फिचरिङ रहको म्युजिक भिडियोमा बालकलाकार अविमा तामाङले पनि साथ दिएको पाईन्छ । चर्चित संगीतकार दिपक शर्माको संगीत शब्द रहेको गीतको म्युजिक भिडियोलाई नेक्सन डान्स एकेडमी काठमाडौंले तयार पारेको हो । काठमाडौं ललितपुरको भैसेंपाटीमा छाँयाकन गरिएको गीतको म्युुजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् । नेपालमा पछिल्लो समय चलिरहेका गीतको ट्रेन अनुसारनै उत्त गीत निर्माण गरिएको गायक सन्तोष बस्यालले बताए ।

यस्मा चलनचल्तीका शब्द र सजिलो लय भएकाले पनि हरेक किसिमका दर्शकको मन छुनेमा उनि विश्वस्त छन् । उनका अनुसार गीतले लोकलयलाई समेटेको छ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका व्यस्त संगीतकार सँगको सहकार्यमा निर्माण गरिएको गीत भएकाले पनि गीत चल्नेमा बस्याल ढुक्क छन । हामीले एउटा राम्रो गीत पस्केका छौ अब मन पराउने नपराउने सबै दर्शकदिर्घहरुको हातमा छ, उनले भने ।

गायिका सहिमा श्रेष्ठले आफुले अहिलेसम्म सार्वजनिक गरेका गीत मध्य केहि फरक गीत भएकाले पनि यसले आफ्नो संगीत करियरमा थप टेवा पुराउने विश्वास व्यत्त गरिन् । यो गीत बाट मैले पनि ठुलो अपेक्षा गरेको छु, उनले भनिन् । गीत राम्रो बनेको छ सबैले मन पराउनु हुन्छ त्यसैले म्युजिक भिडियो हेर्न उनले आग्रह गरिन् ।
[youtube https://www.youtube.com/watch?v=DJRZMuoT_2I]