“रास्ट्रपति ज्यु निर्मला पन्तको आमाको ठाउमा तपाइ हुनु भएको भए के गर्नु हुन्थ्यो”

वर्षा ढकाल गोर्खा,
दिन प्रतिदिन महिला प्रती हुने हिंसा देख्दा देख्दै पनि जान्दा जान्दै सम्बन्धित निकाए सधै मौन बसिराख्दा अचम्म लाग्छ। घटना कंचनपुर कि बहिनी निर्मला पन्तको साथीको घरमा गृहकार्य गर्न गएकी १३ बर्सिय निर्मला पन्त आइ बिभिन्न चरम यातनाका साथ बलात्कार गरि हत्या गरिएको छ।

१३ बर्सिय किशोरी जसले म एउटा नारि हो भन्ने आफ्नो पहिचान जान्न नपाउदै उसको पहिचान गुमाएर हत्या छ। सम्बन्धित निकाए कति दिन सम्म कानमा तेल हालेर बस्ने? किन न्याय पाउदिनन निर्मला पन्तको आत्माले? किन कारबाही गरिदैन बलत्कारी लाइ सर्बसाधरण निर्मला पन्तको हत्यारा लाइ कारबाही गर भनेर सान्तिपुण आन्दोलन गरिरहदा १४ बर्सको बालकको हत्या हुन पुग्यो। प्रशासनले गोलि बर्साउन बाहेक केहि जानेन, बलत्कारीको माग गरिरहदा मानसिक सन्तुलन ठिक नभएको पुरुसलाइ झुटो आरोप सहित अपराधी बनाइन्छ, रातारात नक्कली बलत्कारी खोजिन्छ देशको सर्बोच्च पदमा हुनु भएको रास्ट्रपति ज्यु पनि महिलानै हुनु हुन्छ किन कारबाहीको पहल चाल्न लगाउनु हुन्न? यदि महिला अत्याचारको विरुद्ध तपाइ बोल्न सक्नु हुन्न भने मुर्ती जस्तो बसेर पद ओगट्नु कति पनि उपयुक्त हुदैन।यदि तपाइ पनि एउटा आमा हो यदि निर्मला पन्तको आमाको ठाउमा तपाइ हुनु भएको भए तपाइले चाल्ने पहल के?

जनताको छोरा छोरी लाइ पिडा पर्दा कानमा तेल हालेर बस्ने नेतृत्व बाटनै हामी सुरक्षित छैनौ। यस्ता महिला प्रती हुने अत्याचारको विरुद्ध आबाज उठाउन र कारबाही गर्न नसक्ने प्रसासन र सम्बन्धित निकाए आफैमा एक बलकारी हो भने बुज्ने भैसके अब नेपाली जनताले। कुनै दिन तपाइका आफन्त र छोरी चेली बलात्कारको सिकार हुदा तपाइको प्रतिकृया देख्दा सारा नेपाली यसरी नै बेवास्ता गरेर बस्ने दिन अनाउला भन्न सकिन्न जुन ब्यबहार अहिले तपाइ हरुले हामी नारी माथी गरिराख्नु भकोछ। समयमा ध्यान गएन भने तपाइ हरुको छोरी चेली पनि बलात्कारको सिकार हुन पुग्ने छन।

यिनी भिडियो हरु तिर पनि ध्यानआकर्षण जावोस