पोखरामा झन चर्कियो पुष्पा केसी प्रकरण, गाउँलेले घेरे प्रहरी चौकी (भिडियो)

बुधबार जिल्ला प्रहरी कार्यालयमा नाराबाजी सुनियो । स्थानीयहरु चार्को घाममा पुष्पा केसीलाई न्याय दे, बलत्कारीलाई फाँसी दे जस्ता नारा लगाईरहेको थिए भने धेरै मात्रामा प्रहरीहरुले घेरीरहेका थिए । पोखरा लामाचौरकी १४ बर्षिया पुष्पा केसीको अस्वभाविक मृत्यु भएपछि घटनाको छानवीन माग गर्दै स्थानीयहरु जिल्ला प्रहरी कार्यालय कास्कीमा नाराबाजी गरेका छन् । हत्या भएको उनीहरुको आशंका छ । लामाचौरका अगुवाहरुले नाराबाजी सहित जिप्रका अगाडी प्रदर्शन गरिरहेका छन् ।
अस्पतालले झुठो रिपोर्ट दिएर घटनालाई तोडमोड गर्न खोजेको उनीहरुको आरोप छ ।
झुठो रिपोर्ट फिर्ता ले, सत्यतथ्य छानवीन गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएर उनीहरुले विरोध गरेका छन् । परिवारले पनि हत्या भएको आरोप सहित प्रहरीकोमा जाहेरी दिएका छन् । पुष्पाकी आमा गोमा केसीले छोरी सुस्त मनस्थितिको भएको भन्दै आत्महत्या नभई हत्या नै भएको बताएकी छिन् ।