पाँच लाख भन्दा बढिको लागानिमा राजन क्षेत्री र अशोक सुबेदिको निर्माणमा हुँदै गरेको वसन्त थापा र सीता श्रेष्ठको रतौली लोकपप ‘पानीले भिरालो खोज्यो’ कस्तो बन्दै छ त…?

नवराज तिमिल्सिना-मौलिक लोक गीत संगीत सिर्जनामा ख्याति कमाएका गायक एवम् सर्जक बसन्त थापाले लोक गीत संगीतमा नयाँ र नौलो प्रयोग गर्ने र उच्चस्तरीय गीतसंगीतहरु बजारमा ल्याउने गरेका छन्।

मौलिकता संगै नयाँ-नयाँ प्रयोग गर्न माहिर संगितका खेलाडी बसन्तले पछिल्लो समय लोकपप रत्यौली ‘पानीले भिरालो खोज्यो’ बजारमा ल्याउने तयारी गरिरहेका छन्।
लोक गित संगीतका दर्शक श्रोता लगाएत पप र आधुनिक गित सुन्ने दर्शक श्रोताहरुलाइ पनि लक्षित गरि सिर्जना गरिएको गित तिज लगत्तै बजारमा ल्याउने गरि निर्माण कार्य भइरहेको छ।

वसन्त थापा र पछिल्ल्लो समयमा निकै ब्यस्त अनि लोकप्रिय लोकदोहोरी गायिका सिता श्रेष्ठको आवाज रहेको गीतको निर्माण लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका लोक गीत संगीतप्रेमी सामाजिक मनका उदार समाजसेवी राजन क्षेत्री र अशोक सुबेदिले गरेका छन्। करिब ५ लाख भन्दा बढीको लगानीमा निर्माण हुन लागेको ‘पानीले भिरालो खोज्यो’ पञ्चे बाजाको रेकर्डिङ राग स्टुडियोमा गरिएको हो। क्रान्ति केसीको निर्देशनमा हुन गइरहेको उक्त गीतको म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल दुर्गेश थापाको अभिनय देख्न सकिनेछ । ‘पानीले भिरालो खोज्यो’ लोकपप रत्यौलिको डिजाइन चर्चित संगीतकर्मी आशिष अविरलले गरेका छन्। भिडियो अब केही दिनमै छ्याङकन हुदैछ भने, सो गितको भिडियो तिज लगत्तै सार्बजनिक हुने बसन्त थापाले हामिलाइ बताए ।