मजदुरकै न्यूनतम पारिश्रमिक २५ लाख जाने हैन त अब ? (भिडियो सहित)

कुनै पनि देशको श्रमिकको न्युनतम पारिश्रमीक कति हुन्छ ? यो सवैको चासोको बिषय हो । समय पैसा मुखी भएको छ । र जताततै चासो हुन्छ कसको पारिश्रमिक कति भनेर वा कसले कति कमाउँछ भनेर । विश्वमा कुन देशले आफ्ना कामदारलाई सबैभन्दा बढी न्यूनतम पारिश्रमिक उपलब्ध गराउछ होला ? हामी सबैलाई यस विषयमा चासो हुनु नराम्रो होइन । यसै विषयमा अर्गनाइजेसन फर इकोनोमिक्सको अपरेसन एन्ड डेभलपमेन्टले जारी गरेको प्रतिवेदनअनुसार युरोपको लग्जेम्वर्ग आफ्ना कामदारलाई सबैभन्दा बढी न्यूनतम पारिश्रमिक उपलब्ध गराउने देश हो । प्रतिवेदनअनुसार लग्जेम्वर्गमा प्रतिसाता ४० घन्टा काम गर्ने कुनै पनि मजदुरको न्यूनतम वार्षिक तलव २५ लाख ३२ हजार नेपाली रुपैयाँ छ । यो सूचीको दोस्रो स्थानमा नेदरल्यान्ड छ । जहाँ कुनै पनि कामदारले प्रतिसाता ४८ घन्टा काम गरेबापत प्रतिवर्ष न्यूनतम २३ लाख ६० हजार नेपाली रुपैयाँ प्राप्त गर्छन् । सूचीको तेस्रो स्थानमा अस्ट्रेलिया छ, जहाँका मजदुरले प्रतिसाता ३८ घण्टा काम गरेबापत प्रतिवर्ष न्यूनतम २३ लाख ३५ हजार नेपाली रुपैयाँ बुझ्छन् । यो सूचीको चौथो स्थानमा बेल्जियम, पाँचौं स्थानमा जर्मनी, छैटौं स्थानमा फ्रान्स, सातौं स्थानमा न्युजिल्यान्ड, आठौं स्थानमा आयरल्यान्ड, नवौं स्थानमा बेलायत तथा दसौं स्थानमा क्यानाडा छन् ।

यो भिडियो हेरौ त ।

[youtube https://www.youtube.com/watch?v=KxYT2g_lNwQ]