थियटर हुदै प्रेमगीत२ देखि मेरी मामु सम्म अश्लेषा

जव हामि जन्मिन्छौ¸हुर्कन्छौ अनि बुझ्ने हुन्छौ नि तब हाम्रो चाहनाहरु पनि बढदै जान थाल्छन । स्कुल अनि कलेजको शिक्षा पश्चात हामिमा केहि गर्ने अनि केहि न केहि बन्ने चाहना हुर्कन थाल्दछ । कतिपय अवस्थामा हामि जे चाहेको हो त्यो नै बन्छौ भने कतिपय अवस्थामा भाग्यमा के बन्ने भनेर लेखिएको छ हामि त्यहि बन्छौ । म यहां त्यहि चाहना र भाग्यको तालमेलको विचमा सफलता तिर लम्किएकी एउटी युवतीको चर्चा गर्न चाहन्छु । उनी हुन नेपाली रजतपटकी उदयीमान नायिका अश्लेषा ठकुरी ।
​सुदुरपश्चिमको धनगढीमा जन्मीएकि अश्लेषा उच्चशिक्षाको लागी राजधानी आएपछि उनको साथी सर्कल पनि बढन थाल्यो । पढाई संगसंगै उनीमा अभिनयको रस जम्न थाल्यो । यताउती गर्दा रंगकर्मी विरेन्द्र हमाल र सुनिल पोखरेल संग पनि चिनजान भयो उनको । वहाहरु संग अभिनयका आधारभुत शिक्षा पनि सिकिन् । सुनिल पोखरेलको निर्देशनमा उनले एउटा सडक नाटक पनि गरिन । त्यतिबेला उन्को अभिनयको तारिफ पनि भयो तर पढाईलाई निरन्तरता दिंदा उनले त्यसपछि धेरै समय नाटक बाट पर नै बसिन । एउटा दुर्घटनाको कारण पनि उनी लामो समय सम्म आराम गरेर नै बस्नु पर्यो तर उनीमा अभिनयको रस पसिसकेको थियो¸ उचित मौका र समय मिलिरहेको थिएन । यस विचमा उनी सामाजीक सेवाको कार्यमा पनि लागिन् । २०७२ सालको भुकम्प पश्चात राहत वितरणको काम मा पनि उनी लागीपरिन । यसै क्रममा नाङ्लेभारे बाट फर्किदा बाटोमा एउटा ट्रक दुर्घटना परेको थियो र चालक भित्र च्यापिएको थियो । त्यो अवस्थामा पनि सुरक्षाको कुनै पर्वाह नगरि उनले ट्रक भित्रबाट चालकलाई निकालेर अस्पताल सम्म पुराएको त्यो क्षण यो पंक्तिकार स्मरण गर्न चाहन्छ ।
​यता चलचित्र प्रेमगीतको सफलता पश्चात निर्माता सन्तोष सेन सोहि चलचित्रको सिक्वेलको लागी नयां नायिकाको खोजिमा थिए ।उनलाई एकदमै फ्रेश अनुहार र राम्रो अभिनय गर्ने नायिकाको खांचो थियो । यसैविचमा नयां प्रतिभाको खोजि गर्ने निर्माता सेनको नजरमा अश्लेषा परिन र चलचित्र प्रेमगीत २ को लागी नायिकाको रुपमा छनौट भईन । नेपालीभाषी बर्मेली युवतीको भुमिकामा अश्लेषाले प्रेमगीत २ मा अभिनय गरिन । चलचित्रमा उन्ले बोल्ने अचम्मको संबाद¸ पुर्खाको देश नेपालमा घुम्न पाउदाको उत्सुकता अनि मायालु युवतीको अभिनयले सबैको मन छुन पनि सफल भयो । चलचित्र सुपरहिट सावित भयो । पहिलो चलचित्रबाट नै अश्लेषालाई अरु थप परिचयको आबश्यकता परेन । उन्लाई थुप्रै अफरहरु आए तर गुणात्मक चलचित्र चाहने उन्ले संख्यात्मक रुपमा चलचित्र बढाउन चाहिनन र केहि समय फुर्सद मै बसिन । प्रेमगीत २ को निर्माण कम्पनि आसुसेन फिल्मसले पुनः अर्को चलचित्र निर्माणको घोषणा गर्यो । यसपटक अलि अलग कथा अर्थात बाल मनोविज्ञानमा आधारीत मेरीमामु शिर्षकको चलिचत्र निर्माण गर्दैथिए निर्माता सेन । यस मेरी मामु चलचित्रमा अश्लेषालाई नै दोहोराईयो । यो अश्लेषाको लागी अर्को राम्रो मौका थियो भने साथसाथै चुनौति पनि थियो । अघिल्लो चलचित्रमा एउटी लवर गर्लको भुमिका निर्वाह गरेकि उन्लाई यस चलचित्रमा आमाको भुमिका गर्नु थियो । आफु चलचित्रको हिरोईन भन्दा पनि कुशल अभिनेत्री बन्न चाहेको बताउदै नायिका ठकुरीले यस चलचित्रमा झन आफुले खारिएको अभिनय देखाउने मौका पाएको बताईन । यो फिल्म आमा र छोरा विचको सम्बन्धको बारेमा छ र विभिन्न उतारचढाबहरु विचमा मौलाएको आमा र छोराको सम्बन्धमा यति मजाले काम गरेकी छु कि हजुरहरु सबैले प्रेमगीत २ को भन्दा मलाई अझ माझिएकी अभिनेत्रीको रुपमा यस्मा पाउनुहुनेछ¸ नायिका ठकुरीले बताईन ।
हो पक्कै पनि एउटि राम्रो अभिनय गर्न सक्ने कलाकारलाई जुनसुकै भुमिका पनि सहज लाग्छ । नयां नयां भुमिका भनेको उनीहरुलाई अझ राम्रो गर्ने मौका पनि हो । मेरी मामु मा अश्लेषाले निकै राम्रो अभिनय गरेकि र यस पटकको उन्को भुमिकालाई दर्शकहरुले अझै मन पराउनेमा म विश्वस्त छु निर्माता सेन ले बताए । चलचित्रमा अश्लेषाको अतिरिक्त आयुब सेन¸ सारुक ताम्राकार र कुशुम गुरुङको मुख्य अभिनय रहेको छ । यहि भाद्र १५ गते रिलिज हुने यस चलचित्रलाई याम थापाले लेखन तथा निर्देशन गरेका हुन ।