अमेरिका बसेर पनि कामै नगरि कसरी गुजारा गर्छिन् नलिना चित्रकार ? भन्छिन् ” नेपालनै फर्किछु ” ( हेर्नुहोस् भिडियो )

दशकौसम्म नेपाली गायनमा पप विधामा एकछत्र राज गरेकी नलिना चित्रकारलाई हिजोआज एउटा प्रश्नले खुब सताउछ – ‘हिजोआज श्रोता र दर्शकमाझ आउन डराउनुभयो कि तपाइँ कतै हराउनुभयो ?

सन् २०१० पछि नेपालमा आक्कलझुक्कल देखिने नलिना हिजोआज अमेरिका, क्यानडा युरोपतिर नै बढी भेटिन्छिन्। नेपाल र विदेश आउजाउ गरिरहने उनको बसाई भने विदेशमा नै बढी हुन्छ।

आफु नहराएको र सांगीतिक क्षेत्रमा अलिकति कम मात्रै देखा परेको बताएपनि नलिना हिजोआज नेपालभित्र करिब गुमनाम नै छिन्। यसो त नेपालमा सांगीतिक गतिविधि धेरै नहुने भएकाले उनले पहिले झैं स्टेज तताउने मौका पाएकी छैनन् र स्टेज कार्यक्रमको लागि विदेशतिर आकर्षित हुनु स्वाभाविकै हो। त्यसैले होला नलिना अमेरिका , क्यानडा र युरोपमा रहेका नेपालीहरुतिर बढी आकर्षित भएकी छिन् । नलिना भन्छिन , “अमेरिकाका सबै ५० वटै स्टेट र क्यानडाका पनि सबै स्टेटमा प्रोग्राम गरिसकेको छु” ।

नलिना स्वदेशमा भन्दा विदेशमा धेरै आकर्षित हुनुको कारण हो देशभित्र सांगीतिक कार्यक्रम नहुनु र पहिलेजस्तो संगीत क्षेत्रबाट कमाइ नहुनु। प्रविधिको विकासले गर्दा गीतका एल्बम पहिलेजस्तो बिक्दैनन्। देशभित्र कन्सर्टहरु हुँदैनन्। यस्तो अवस्थामा देशभित्र आर्थिक रुपमा टिक्न र आफ्नो स्टायन्डर्ड मेन्टेन गर्न नै कलाकारहरुलाई कठिन भयो। त्यसको विकल्प विदेशमा फैलँदै गरेको नेपाली समुदाय बन्यो।

नलिना आफ्नो बिहेको सम्झना गर्दै भन्छिन् ” बिहे भएको तीन दिनमै १५ दिनको सांगीतिक कार्यक्रमका लागि नेपाल टुरमा हिँडेकी छु। ”

संगीत र गायन क्षेत्रमा समय पहिलाजस्तो नभएको नलिना आफै स्वीकार गर्छिन्। उनले अगाडी भनिन् , ” अब यो मेरो समय होइन, सबैलाई चान्स दिनुपर्‍यो।” हुन पनि उनले २०४५ सालमा गायन यात्रा सुरु गरेदेखि पछाडि फर्केर हेर्नुपरेन। सन् २०१० मा विदेश ओहोर दोहोर बढाउनुअघिसम्म स्वदेशमा उनको चार्म उत्तिकै थियो।

अहिले प्रविधिमा भएको विकासका कारणले गायकगायिका बन्न भने सजिलो भएको छ। त्यसैले नलिनाको समयमा भन्दा धेरै गायिकाहरु त आउने नै भए, तर अबका आउदा दिनहरुमा प्रबिधि र सामाजिक संजालको भरपुर उपयोग गर्ने नलिना बताउछिन। गीतसंगीतमा टिक्नै र बाच्नै नसक्ने अवस्थामा पनि मानिसहरु गीत गाइरहेका नलिना बताउछिन।

गीतसंगीतको अहिलेको समय नयाँ पुस्ताको रहेको स्वीकार्दै नलिना नेपाली संगीत प्रतिको आफ्नो लगाव सधै त्यत्तिकै रहने बताउछिन। भोइस अफ नेपाल टिभीको आफ्नै कार्यक्रम ” नेपाल टक्स ” का लागि टिभी जर्नालिष्ट यादव देवकोटाले भर्साटायल सिंगर नलिना चित्रकारसंग लिनुभएको टेलिभिजन अन्तरवार्ता यस्तो छ !