पोखरामा घट्यो दुःखद् घटना, १३ बर्षिय बालिका यस्तो अवस्थामा भेटिईन् (स्थलगत रिपोर्ट)

पोखरा १९ लामौचारकी एक बालिका मृत फेला परेकी छन् । विन्ध्यवासीनि मावि बटुलेचौरमाकक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् । १३ बर्षिया पुष्पा केसी बिहीबार विद्यालयबाट फर्किए देखी नै हराएकी थिइन् । विद्यालयको बसले करिब साढे ४ बजे छाडेपछि उनी घर पुगिनन् । घर नपुग्दै तरकारी किनेर लानुछ भन्दै नजिकै बसबाट झरेकी पुष्पा शुक्रबार फापरतरोको झाडीमा मृत भेटिएकी हुन् ।
उनले लगाएको स्कट खोलिएको, भुईहरु तिथरेको, लगाएको जुत्ता र स्कुल ब्याग केही माथि भेटिएको थियो । उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर शव भेटिएको हो । घटनाको प्रकृति उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । उनको शबलाई पोष्र्टमाटमको लागी पोखरा स्वास्थ्य बित्रान प्रतिष्ठान अस्पताल पोखरा लगिएको छ ।