यस्तो त कसैलाई नपरोस्, पैसा नहुँदा ११ बर्षे बालक अस्पतालमा यस्तो अवस्थामा (भिडियो)

गोर्खा जिल्ला, धार्चे गाँउपालिका वडा नं. ५ गुम्दा गाँउका ११ वर्षिय सुरज गुरुङले आफ्नो उपचारका लागि सहयोगको आग्रह गर्नुभएको छ।
पोखरा ११ फूलवारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत गुम्दाका पुर्णबहादुर गुरुङ र पुर्णि गुरुङको ११ वर्षिय छोरा सुरज गुरुङले आफ्नो पारिवारिक आर्थिक अवस्था कमजोर र उपचारका लागि आर्थिक अभाव भएकाले उपचार सहयोगका लागि आग्रह गर्नुभएको हो।
भुकम्प पीडित समेत रहेका गुरुङलाई अचानक अक्युट फ्लासिड प्यारालाइसिस(जि बी एस) भई मणिपाल शिक्षण अस्पतालको सघन कक्ष(आइसियु)मा उपचाररत रहेकाले हालसम्म ३ लाख बढी खर्च भईसकेका छोरालाई बचाउन आर्थिक सहयोग गरिदिनहुन बुबा पुर्णबहादुर गुरुङले समेत अनुरोध गर्नुभयो।भुकम्प पीडित हुँ, आर्थिक अभावले २०७२ साल बैशाख १२ गते भत्केको घर पुननिर्माण पनि गर्न सकेको छैन अचानक छोरा विमारी भई आफुले ऋण धन गरी उपचार गरे पनि अझै थुप्रै खर्च लाग्ने भएकाले छोरालाई नयाँ जीवन दिनका लागि उपचारका लागि सहयोगको आग्रह गर्दछु, बुबा पुर्णबहादुर गुरुङको आग्रह छ।
सुरज गुरुङ उपचार सहयोगका लागि बुवा पुर्णबहादुर गुरुङलाई ९८४६२५३२१६(गोर्खा) र आसमाया गुरुङलाई ९८५६०३४०९४(पोखरा)मा सम्पर्क गर्न सकिने बताइएको छ।
यसैविच सुरज गुरुङको उपचारका लागि साउन महिनाको अन्तिम मंगलवार ट्होटें पर्वको अवसरमा तमु धिं नेपाल गोर्खा जिल्ला शाखाको सिफारिसमा तमु धिं नेपालले सुरजको आमा पुर्णि गुरुङ र सहयोग अभियन्ता आसमाया गुरुङलाई १५ हजार रुपैया हस्तान्तरण गरिएको थियो। हाम्रो सानो सहयोगले ११ वर्षिय किशोरले नयाँ जीवन पाउन सक्ने भएकाले तमु धिं नेपालले थोरै भए पनि सुरजको उपचारका लागि सहयोग गरेको भन्दै अध्यक्ष कर्म तमुले सुरजको उपचारका लागि देश विदेशका सहयोगी महानुभावहरुलाई सहयोग गरिदिन समेत अनुरोध गर्नुभयो।