अशोक दर्जी घर हस्तान्तरण कार्यक्रमका महत्वपुर्ण छुटेका दृस्यहरु सबैले हेर्नुहोला (भिडियो सहित )

पछिल्लो समय निक्कै चर्चामा रहेका झापा दमकका बाल गायक अशोक दर्जीका लागि सहयोग जुटाएर निर्माण गरिएको घर एक कार्यक्रमबीच चर्चित कलाकार हरिवंश आचार्यले सोमबार हस्तान्तरण गरेका छन् ।उदघाटन् कार्यक्रममा बोल्दै कलाकार आचार्यले लुगा सिलाउने परम्परागत पेशामा गनिने दर्जी जातका अशोकको गायकीले जातीय विभेदलाई पनि पर हटाएर नेपालीहरुको मन सिलाएर जोडेको बताए । दमक चोकमा भएको उद्घाटन् समारोहमा दमक नगर प्रमुख रोमनाथ ओलीले अशोकको चर्चित गीत ‘धनविनाको मन ठूलोकी मन विनाको धन’ गाएर कार्यक्रमको शुभारम्भ गरे ।

चोकको औपचारिक सांगीतिक कार्यक्रमपछि फुलमालाले सजाइएको गाडीमा राखेर अशोकका बुबा, आमा, दिदी र वहिनीहरुलाई ठूलो संख्यामा स्थानीयको साथमा घर भित्रयाईएको थियो । दमक २ स्थित भालुखुँडीको कट्टेल टोलमा गायक तथा संगीतकार टंक बुढाथोकी र उर्लावारीका समाजसेवी पूर्ण वाइवाको अगुवाईमा सहयोग संकलन गरेर घर बनाइएको हो । घडेरी किनेर ४ कोठे इँटाको गाह«ो र टिनको छानो भएको घर समेत गरी निर्माणमा २८ लाख ८५ हजार रुपैयाँ खर्च भएको घर निर्माण समिति कोषाध्यक्ष डीजे रुपकले जानकारी दिए ।
कार्यक्रममा, कलाकार हरिवंश आचार्यका साथै चलचित्र निर्देशक सोभित वस्नेत, लोकगायक एलपी जोशी लगायतले विपन्न परिवारमा भएको प्रतिभाले ठूलो मन भएका नेपालीहरुका कारण सम्मान पाएको उल्लेख गरे । अशोक दर्जीको घर हस्तान्तरण कार्यक्रमका महत्वपूर्ण दृस्यहरु तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=jN9VhYlvces]