सन्तोष सेन भन्छन कन्टेन्ट बलियो भएपछी अन्तीम दिन सम्म पनी दर्शक माझ् पुग्ने हो..

काठमाडौं, ६ भदौ । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ को सफलतापछि सफल निर्माता सन्तोष सेनको आशुसेन फिल्मस्को व्यानरबाट निर्माण भएको अर्को फिल्म हो, ‘मेरी मामु’ । यो फिल्ममा निर्माता सेनकै छोरा आयुब सेनको मुख्य भुमिका रहेको छ । जहाँ ‘प्रेम गीत २’ फेम अभिनेत्री अश्लेषा ठकुरीका साथमा नायक सारुक ताम्राकार र नव नायिका कुसुम गुरुङ्गको पनि मुख्य भुमिका छ ।
यो फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । आमा छोराको सम्बन्धको कथामा बनेको यो फिल्मले गीत र ट्रेलर मार्फत निकै चर्चा बटुलिरहेको छ । विशेष गरी बाल नायक आयुब सेनको अभिनयलाई दर्शकहरुले रुचाएका छन् भने फिल्मले उठान गरेको भिन्दै कथाबस्तुलाई लिएर पनि दर्शकहरु फिल्मप्रति उत्साहित छन् ।

फिल्म रिलिज पुर्व नै फिल्मका बाल नायक आयुब सेन चर्चामा छन् । फिल्म रिलिजपछि उनको र फिल्मको चर्चा झनै हुने फिल्म निर्माण पक्षको बिश्वास छ ।फिल्म मेकिङ र प्रोमोशनमा कुनै कम्प्रोमाइज नगर्ने निर्माता सन्तोष सेनले ‘मेरी मामु’को प्रोमोशन व्यापक रुपमा गरिरहेका छन् । फिल्मको पव्लिसिटी शैलीमा फरकपना ल्याउँदै ‘मेरी मामु’ को २ टिम मध्ये एक टिम पुर्व र अर्को टिम पश्चिमका स्कुलहरुमा स्कुल क्याम्पेनिंगका लागि दौडिएका छन् ।

स्कुल क्याम्पेनिंगका क्रममा देशका मुख्य शहरहरुका मुख्य मुख्य ५० स्कुलहरुमा फिल्मको गीत देखाइनुका साथै फिल्मको बारेमा बिद्यार्थीहरुलाई जानकार गराइएको छ । देशभरीको स्कुल दौडाहामा बाल नायक आयुब सेन पनि सँगै थिए भने फिल्मका अन्य कलाकारहरु पनि । स्कुल क्याम्पेनिंगको यात्रा पुर्व पश्चिम सक्काएपछि काठमाडौंमा हालसम्म पनि जारी छ ।

काठमाडौंका ३० भन्दा बढि स्कुलहरुमा फिल्मको ट्रेलर र गीत देखाईएको थियो । यस्तै ‘मेरी मामु’ टिमले लागु गरेको ‘मामुसँग थाईल्याण्ड टुर अफर’को बारेमा पनि जानकारी दिईयो । जुन अफर अन्तर्गत भाग्यामान ५ जोडी आमा छोरा वा आमा छोरीले सित्तैमा थाईल्याण्ड घुम्न जान पाउँनेछन् ।

‘मेरी मामु’ प्रोमोशन अन्तर्गत देशका मुख्य शहरहरुका व्यस्त सडकहरुमा प्रोजेक्टर क्यापेनिंग पनि फिल्म युनिटले गरिरहको छ । प्रोजेक्टरमा फिल्मको प्रचार सामग्री देखाउंदै दर्शकहरुको ध्यान खिच्ने काम यस क्याम्पेनिंगले गरिरहेको छ ।