के कुरा चित्त बुझाएनन निर्माता सन्तोष सेनले, प्रेम गित ३ मा अटाएनन प्रदिप खडका,सन्तोष सेनले मिडियामा आएर आफैले गरे यसरि पर्दाफास

प्रेम गीत र प्रेम गीत २ को सफलतापछि सफल निर्माता सन्तोष सेनको आशुसेन फिल्म्स व्यानरबाट निर्माण भएको अर्को चलचित्र हो, मेरी मामु । चलचित्रमा सेनकै छोरा आयुब सेनको मुख्य भुमिका रहेको छ । जहां प्रेम गीत २ की नायिका अश्लेषा ठकुरीका साथमा नायक सारुक ताम्राकार र नव नायिका कुसुम गुरुंगको पनि मुख्य भुमिका छ । यो चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् । आमा छोराको सम्बन्धको कथामा बनेको यो चलचित्रले गीत र ट्रेलर मार्फत निकै चर्चा बटुलिरहेको छ । बिेशेष गरी बाल नायक आयुब सेनको अभिनयलाई दर्शकहरुले रुचाएका छन् भने चलचित्रले उठान गरेको भिन्दै कथावस्तुलाई लिएर पनि दर्शकहरु फिल्मप्रति उत्साहित छन् । फिल्म रिलिज पुर्व नै फिल्मका बाल नायक आयुब सेन चर्चामा छन् । फिल्म रिलिज पछि उनको र फिल्मको चर्चा झनै हुने फिल्म निर्माण पक्षको बिश्वास छ ।

फिल्म मेकिंग र प्रोमोशनमा कुनै कम्परमाईज नगर्ने निर्माता सन्तोष सेनले मेरी मामुको प्रोमोशन व्यापक रुपमा गरेका छन् । फिल्मको पव्लिसिटी शैलीमा फरकपना ल्यांदै मेरी मामुको २ टिम पुर्व र पश्चिमका स्कुलहरुमा स्कुल क्याम्पेनिंगका लागि दौडे । स्कुल क्याम्पेनिंगका क्रममा देशका मुख्य शहरहरुका मुख्य मुख्य ५० स्कुलहरुमा फिल्मको गीत देखाउनुका साथै फिल्मको बारेमा बिद्यार्थीहरुलाई जानकार दिईयो । देशभरीको स्कुल दौडाहामा बाल नायक आयुब सेन पनि संगै थिए भने फिल्मका अन्य कलाकारहरु पनि । स्कुल क्याम्पेनिंगको यात्रा पुर्व पश्चिम सक्काएपछि काठमाडौंमा हालसम्म पनि जारी छ । काठमाडौंका ३० भन्दा बढि स्कुलहरुमा फिल्मको ट्रेलर र गीत देखाईएको थियो । यस्तै मेरी मामु टिमले लागु गरेको मामुसंग थाईल्याण्ड टुर अफरको बारेमा पनि जानकारी दिईयो । जुन अफर अन्तर्गत भाग्यामान ५ जोडी आमा छोरा वा आमा छोरीले सित्तैमा थाईल्याण्ड घुम्न जान पाउंनेछन् । मेरी मामु प्रोमोशन अन्तर्गत देशका मुख्य शहरहरुका व्यस्त सडकहरुमा प्रोजेक्टर क्यापेनिंग पनि फिल्म युनिटले गरिरहको छ । प्रोजेक्टरमा फिल्मको प्रचार सामग्री देखाउंदै दर्शकहरुको ध्यान खिच्ने काम यस क्याम्पेनिंगले गरिरहेको छ ।

प्रोमोशनको अर्को चरणमा यहि ७ गते देखि मेरी मामु टिमले सांगितक क्नसर्ट पनि आयोजना गर्दैछ । जस अन्तर्गत-
भाद्र ७ पोखरा भाद्र ८ बुटवल
भाद्र ९ चितवन
भाद्र १० इटहरी
भाद्र् १० दमक
भाद्र ११ धरान
मा फिल्मका कलाकारहरुका साथमा अन्य कलाकारहरुले रमाईलो कन्सर्ट गर्नेछन् । यसरी फिल्मको प्रचारका लागि निर्माता सन्तोष सेन कुनै कुरामा चुकेका छैनन् । फिल्म रिलिज पश्च्यात् माउथ पव्लििसिटीका आधारमै फिल्म चल्ने उनको बिश्वास छ । कारण फिल्म सोचेभन्दा धेरै राम्रो बनेको बताईएको छ । आउनुहोस निर्माता सन्तोष सेन संगको कुराकानी हेरौं-