पोखरामा प्रहरी माथि मुक्का प्रहार, प्रहरीले बर्षायो टाउकोमा (भिडियो)

जागिरमा पुर्नबहालिको माग राख्दै आन्दोलनरत सामाजिक परिचालकलाई प्रहरीले हातपात गर्दा १० जना आन्दोलनकारी घाइते भएका छन् । घाइते हुनेहरुमा रेनु सुनार, भगवनी लामिछाने, शर्मिला ढकाल, सिता सुवेदी, शर्मिला पौडेल, बिष्णुमाया नेपाली, अमृता बस्याल नेपाली, तेजप्रसाद शर्मा, मोहन थापा रहेका छन् ।
जसमध्येमा बिष्णुमाया नेपाली र अमृता बस्यालको टाउकोमा चोट लागेको संघर्ष समितिकी संयोजक कमला खनालले जानकारी दिइन् । ‘टाउकोमा बढि चोट लागेर भमिट भइ रहेको छ,’ उनले भनीन्, ‘हामी अहिले अस्पतालमा इमर्जेन्सी वार्डमा छौं ।’ घाइते हुनेहरुमा नेपाल सामाजिक परिचालक महासंघका केन्द्रिय महासचिव पनि रहेको उनले बताइन् ।
कामको मुल्याकंन नगरि अवकाश दिएको विरोधमा संघले देशव्यापि रुपमा विरोधका कार्यक्रम गर्दै आइरहेको छ । तत्कालिन संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट, ०७४ पौष १४ गते देशभर एकसाथ ४ हजार ६ सय ६४ जना सामाजिक परिचालकलाई जागिरबाट निष्कासित गरिएको थियो ।