पर्खाइमा बस्नु भएका दर्शकमहानुभाव हरु यस्तो छ अशोक दर्जीको खुशीको खबर (भिडियो)

झापा दमकका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । निम्न वर्ग परिवारमा जन्मिएका अशोक दर्जी आजभोली चर्चामा चुलिएका छन्। आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियो मार्फत उनी एकाएक चर्चामा आएका हुन्।
हुने बिरुवाको चिल्लो पात भनेझैं अशोक दर्जी युटुबमा एकाएक चर्चामा आएका थिए । एउटा फिल्मको सुटिङको क्रममा एकजना क्यामरा मेनले उनको गायकी मन पराएर फेसबुक लाइभ गरेका थिए त्यही भिडियो भाइरल भएर अशोक दर्जी सबैमाझ चिनिए । यो देखेपछी डि जे रुपक (सापकोटा) ले यति राम्रो कलालाइ मार्नु हुदैन र यतिकै छाड्यो भने अरु जस्तै छिट्टो आउने र हराउने हुन्छ ।
यो कलालाइ गोड्मेल गर्यो भने धेरै माथी पुर्याउन सकिन्छ भनेर काठमाडौ गित रेकर्डिङका लागि सबै खर्च आफै बेहोरेर चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी सम्म पुर्याएका थिए र टंक बुढाथोकीले अशोक दर्जिको कलालाइ बुझेर धेरै मेहेनत गरेर धेरै सिकाएर अशोकलाई निखारेर (जतिबेला अशोकको स्वरमा त दम थियो तर प्राबिधिक रुपमा केही थाहा थिएन)। मन बिनाको धन ठूलो कि धन बिनाको मन भन्ने गित रेकर्ड गराए र त्यो गितले सबै दर्शकको मन जित्न सफल मात्र भएन नेपालमा सबै गितको रेकर्ड तोड्दै नयाँ रेकर्ड राख्न पनि सफल भयो ।

टंक बुढाथोकी र डिजे रुपक जसले अशोक दर्जीलाइ आज येह सम्म पुराउन ठुलो योगदान दिनु भएको छ उहा भन्नु हुन्छ केहि दिन भित्र अशोक दर्जीको लागी बनीरहेको घर हस्तान्तरण गरी सके लगतै छिट्टै युएइको अबुधाबी प्रोग्रामको लागी जाने जानकारी पनि आजको भिडियो मार्फत दिनु भएको छ ।

हेरौ भिडियो