बहुप्रतिक्षित चलचित्र मेरी मामुको अर्को रहस्य बाहिर आयो :बाल कलाकार आयुब सेनको आमा कुसुम र अश्लेशा मध्ये को रहेछन (हेर्नुहोस)

इतिहासमै पहिलो पटक यस्तो भयो, कुनै क्याफे वा सभा हलमा ट्रेलर रिलिज गर्ने परम्परालाई ताड्दै निर्माता सन्तोष सेनले डिएभि स्कुलका हजारौं बिद्यार्थीहरुको अगाडि आफ्नो चौथौं चलचित्र मेरी मामुको ट्रेलर रिलिज गरे । बिद्यार्थी भाईबहिनीहरु निकै उत्साहित थिए आमा र छोराको सम्बन्धमा आधारित फिल्मको ट्रेलर पहिलो पटक आफुहरुले हेर्न पाएर । कार्यक्रममा बिद्यार्थीहरुको माग बढेपछि फिल्मको ट्रेलर ३ पटक देखाईयो । ट्रेलर हेरेर सबैले फिल्म हेर्न अवश्य जाने बताए र बाल नायक आयुब सेनको अभिनयको तारिफ गर्दै ट्रेलर गज्जबको भएको बताए ।

मेरी मामुको ट्रेलरर यतिबेला युटुबमा पनि अप्लोड भैसकेको छ । खुशीको खबर के छ भने २४ घण्टामै फिल्मको ट्रेलरले १ लाख भन्दा बढि भ्युज पाईसकेको छ । कमेन्टको हमा भने मेरी मामुले रेकर्ड नै राख्यो । फिल्मको ट्रेलर हेरेर अहिलेसम्म कसैले पनि नराम्रो कमेन्ट गरेकै छैनन् । आयुबको अभिनय, फिल्म कथावस्तु, नायक, नायिकादेखि खिचाई लगायतका बिषयमा निकै नै सकारात्मक कमेन्टहरु लेखिएका छन् । आमा र छोराको सम्बन्धको कथा बुनिए पनि फिल्मभित्र प्रशस्तै सस्पेन्स, थ्रिलका साथमा मनैछुने कथावस्तु रहेको दर्शक अनुमान छ ।

फिल्मको ट्रेलरले प्राप्त गरेको २४ घण्टे भ्युजलाई लिएर बिश्लेषण गर्ने हो भने कुनै पनि स्टार कलाकार नभएको फिल्मको ट्रेलरले यो भ्युज पाउनु सकारात्मक पक्ष हो । फिल्म रिलिजसम्म ट्रेलर भ्युज अत्याधिक बढ्ने अनुमान लगाउन सकिन्छ । फिल्मको महा प्रचारका कारण मेरी मामु हाईप ज्यादा छ । इनिसियल बिजनेश उत्साहजनक गर्दा मेरी मामुको माउथ पव्लिसिटी भने गज्जबको हुने देखिन्छ । कारण, फिल्म यादगार बनेको छ ।
मेरी मामुको ट्रेलर हेर्नुहोस-