फेवातालको ड्यामबाट कलेज छात्रा बेपत्ता, प्रत्यक्षदर्शी भन्छन् आँखै अगाडी डुबेको हेरिरहेँ (स्थलगत रिपोर्ट)

पोखराको फेवातालको ड्यामवाट हाम फालेर एक युवती वेपत्ता भएकी छन । दिउँसो करिव पौने २ वजेतिर कलेज ड्रेस लगाएकी एक छात्रा हाम फालेको ड्यामसाईडमा माछा मार्दे गरेका प्रत्यक्षदर्शीले बताएका छन । घटना स्थलवाट प्रहरीले विद्यार्थी परिचयपत्र, माला, घडी र २० रुपैया समेत फेला पारेको छ । परिचय पत्र सँगै भेटिएका अन्य समानहरुको आधारमा पोखराको रत्तनचोक स्थित सवलाइम सेकेण्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत दिपा कुवँरले त्यहाँवाट हाम फालेको हुन सक्ने आशंका गरिएको छ ।
एक युवती हामफालेको भन्ने सुचना पाउनासाथ घटना स्थलमा पुगेको कास्की प्रहरीले उद्धारको कार्यलाई अगाडी बढाईरहको छ यद्यपी योस समाचार तयार पार्दा सम्म हाम्फाल्नेको कुनै पत्तो लागेको छैन ।
बिहानको कलेजबाट घर जानपर्ने छोरी घर नगएकी र उनको घडी, माला, परिचयपत्र घटनास्थलमा फेला पर्नुले परिवार चिन्तीत छ । पारिवारीक रुपमा कुनै पनि समस्या नभएको परिवार स्रोतले जनायो ।