अशोक दर्जीको घर हस्तान्तरणमा यस्ता कार्यक्रम हुदैछन् , टंक बुढाथोकीले गरे सबै नेपालीलाई यस्तो अनुरोध (भिडियो सहित )

एउटा फिल्मको सुटिङको क्रममा एकजना क्यामरा मेनले उनको गायकी मन पराएर फेसबुक लाइभ गरेका थिए त्यही भिडियो भाइरल भएर अशोक दर्जी सबैमाझ चिनिए । यो देखेपछी डि जे रुपक (सापकोटा) ले यति राम्रो कलालाइ मार्नु हुदैन र यतिकै छाड्यो भने अरु जस्तै छिट्टो आउने र हराउने हुन्छ । यो कलालाइ गोड्मेल गर्यो भने धेरै माथी पुर्याउन सकिन्छ भनेर काठमाडौ गित रेकर्डिङका लागि सबै खर्च आफै बेहोरेर चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी सम्म पुर्याएका थिए र टंक बुढाथोकीले अशोक दर्जिको कलालाइ बुझेर धेरै मेहेनत गरेर धेरै सिकाएर अशोकलाई निखारेर (जतिबेला अशोकको स्वरमा त दम थियो तर प्राबिधिक रुपमा केही थाहा थिएन)। मन बिनाको धन ठूलो कि धन बिनाको मन भन्ने गित रेकर्ड गराए र त्यो गितले सबै दर्शकको मन जित्न सफल मात्र भएन नेपालमा सबै गितको रेकर्ड तोड्दै नयाँ रेकर्ड राख्न पनि सफल भयो ।

बिचमा अशोकको नाममा धेरै बिबादास्पद कुराहरु आए गायक तथा संगीतकार टंक बुढाथोकीलाई पनि धेरैले गलत भने तर उनले सबै हिसाब सहित सम्पुर्ण कुराको एक एक रिपोर्ट देखाए र उनी सबैको मनमा सबैको ढुक्ढुकी बनेर बसेका छन । उनले आफ्नो भिट्टा बेचेर भए पनि म अशोकको घर बनाउछु भनेर घर बनाउन लागि परे र अन्तत सबैको सरसहयोगले गर्दा घर बनिसकेको छ । यहि क्रममा टंक बुढाथोकीले भाद्र ४ गते के के कार्यक्रम रहेका छन् अशोक दर्जी घर हस्तान्तरणमा भन्ने कुराहरुको जानकारी दिएका छन् साथै सम्पूर्ण नेपालीलाई अनुरोध पनि गरेका छन् ।
[youtube https://www.youtube.com/watch?v=9f4wSEo-Lm4]