७ बर्षीय बालकको खतरा अभिनय रहेको चलचित्र मेरी मामुको ट्रेलर सार्बजनिक

कमल सरगम/काठमाण्डौ -चलचित्र ‘मेरी मामु’को अफिसियलट्रेलर सार्वजनिक गरिएको छ । बालमनोविज्ञानको कथामा बनेको चलचित्रको ट्रेलर भएको छोटो समयमै दर्शकले अध्याधिक मन पराएका छन। बाल कलाकार आयुव सेनलाई मुख्य भूमिकामा देखिएने उक्त ट्रेलरमा कलाकारहरुको दमदार अभिनय देख्न सकिन्छ ।भदौ १५ बाट प्रदर्शनमा आउने यस चलचित्रमा सारुक ताम्राकार, अभिनेत्री अश्लेशा शाही ठकुरी र नव अभिनेत्री कुसुम गुरुङ आदि रहेका छन।

निर्माता सन्तोष सेनको निर्माण तथा आशुसेन फिल्मस्को ब्यानरमा बनेको चलचित्रलाई चलचित्रका लेखक समेत रहेका यम थापाले नै निर्देशन गरेका छन् । चलचित्रको पहिलो गीत रिलिज भए संगै चलचित्रको प्रचार प्रसारको कार्यमा मोफसल टुरमा रहेको यस चलचित्रको निर्माण टिमले ट्रेलर पनि आज रिलिज गरेको हुन् राजधानीको एक बिधालयमा उक्त ट्रेलर सार्बजनिक गरिएको हो। निर्माता सेनले बालक अनि उनको आमाप्रतिको अगाध प्रेमलाई ‘मेरी मामु’ले समेट्ने प्रयास गरेको बताए ।