बिहीबार नागपंचमी, कसरी पुजा गर्ने, नगरेमा के हुन्छ ? भिडियो सहित

बिहीबार नागपञ्चमी मानिदै छ । श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यो श्रद्धा र विश्वासको पर्व हो । नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ ।
त्यसे दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ । नाग पंचमीकोे दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ ।
ज्योतिषशास्त्रका अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन। भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन।
ज्योतिषीहरु नाग पंचमीलाई कसरी लिन्छन् ? कसरी नागको पुजा गर्न पर्छ र नागको पुजा गर्न कसरी गर्ने नगरे के–के हुन सक्छ ? हेरौं युवा ज्यो. पं. पुण्यप्रसाद पौडेलको भनाई