उत्कृष्ट तीज कोशेली गायिका “गीता भट्टराई” को “मेरै सिन्दुर ” सार्वजानिक भिडियो

२०७५ सालको महिलाहरुको महान् चाड हरितालिका तिज नजिकिँदै छ। यहि अबसरमा पूर्ब ईटहरीकी साहित्य सर्जक तथा गायिका गिता भट्टराईले आफ्नो तिजको सांगीतिक कोसेली “मेरै सिन्दुर..”बजारमा ल्याउँनुभएको छ। उक्त गितमा पत्नीहरुले आफ्ना पतिको निक्कै नै प्रशंसनिय सम्मान गरेको भाव झल्काउने दृश्य भेटिन्छ ।

अहिलेको परिबेशमा लोक संगितभित्र मौलिकता हराईरहेको बेला सर्जक तथा गायिकाले यसपाली दुईवटा मौलिक तिज गितहरु श्रोता,दर्शकमाँझ पस्कनुभएको छ।यो भन्दा अगाडि गायिका अन्जु गौतमको आवाजमा रहेको “सोह्र श्रिङ्गार..” बोलको गित पनि गायिका गिता भट्टराईकै शब्द /संगित हो।ईटहरीको पूर्बान्चल रेकर्डिङमा रेकर्ड गरिएको “मेरै सिन्दुर..”गितमा पनि गायिकाको आफ्नै शब्द / संगित रहेको छ भने एरेन्ज रुद्र श्रेष्ठले गर्नुभएको छ।देबराज सिग्देलको छायांकन , बोधराज पुरुष र सुमन तामाङको निर्देशनमा तयार पारिएको यो म्यूजिक भिडियोमा गायिका भट्टराईकै परिवारको शसक्त अभिनय देख्न पाईन्छ ।

अलौकिक प्रतिभाकी धनी गायिका गिता भट्टराईले यो गित कुनै पुर्ब योजना बिना नै अकस्मात यस्तो गित बजारमा ल्याउँनुभएको छ। अहिले बजारमा उक्त गितले निक्कै नै चर्चा कमाईरहेको छ। युट्यूबबाट सार्बजनिक गरिएको उक्त गितले सांगितिक बजारमा चर्चाको शिखर चुम्नेमा कुनै दुईमत देखिदैन।हेरौं उक्त गितको म्यूजिक भिडियो ।