अर्ध मुण्डित कपालमा आयुब-मेरी मामुको पोष्टरमा ७ बर्षे बालकको कारुणिक कथा

गीतबाटै अत्याधिक चर्चा बटुलिरहेको चलचित्र मेरी मामुको मनै छुने पोष्टरहरु मंगलबार सार्वजनिक गरिएको छ । भदौ १५ देखि रिलिज हुने फिल्मको पोष्टरमा न हिरो र हिरोईले गाला जोडेका छन्, न त हिरोले भिलेनको गाला फुट्ने गरी हानेको छ । केवल छ त, एउटा बालकको मनोबिज्ञान । बाल नायक आयुब सेनलाई केन्द्रमा राखी तयार पारिएको पोष्टरले गहिरो यथार्थ चित्रण गरेको छ । सानैमा आमाको मृत्युपछि कपाल मुण्डनका क्रममा खिचिएको फोटोलाई पोष्टरको रुप दिदै फिल्मका निर्माता सन्तोष सेनले फिल्मभित्र गहिरो बिषयवस्तु छ भन्ने दर्शाएका छन् । पोष्टरमा फिल्मका अन्य कलाकारहरु कुसुम गुरुङ, अश्लेषा ठकुरी, सारुक ताम्राकारलाई पनि देख्न सकिन्छ । यद्यपी आयुबकै मुल कथासार फिल्ममा देखाईएकाले पोष्टरमा आयुब हावी भएको निर्माता सेनले बताए ।

गीत र चर्को प्रोमोशनका कारण सर्वत्र चर्चामा रहेको चलचित्र मेरी मामुको हाईप पोष्टरले झनै बढाउने देखिन्छ । आशुसेन फिल्मस्को व्यानरमा यसपुर्व सफल चलचित्रहरु प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्रहरुको स्वाद दर्शक मांझ पस्किसकेका निर्माता सन्तोष सेनले यसपाली भने लभस्टोरीबाट हटेर फरक स्वाद दर्शकलाई दिन खोजेका छन् । जसले राम्रो रिजल्ट दिने सबैको आशा छ । मेरी मामुको केहि पोष्टरको कलर टोन प्रेम गीत २ सग कहिकतै मिल्छ, यद्यपी कथावस्तुमा आकाश जमिनको फरक छ । निकै नै मनछुने र आकर्षक पोष्टहरुले फिल्मलाई अझै गति दिने बिश्वास गरौं ।

यता, प्रोमोशनको अर्को धमाकालाई अघि सार्दै मेरी मामु टिम यहि भदौ ७ बाट अल नेपाल कन्सर्टका लागि निस्कदैछ । फिल्मको जम्बो टोलीले त्यसको लागि गज्जबको पसर्व तयारी गरिरहेको छ । देशका मुख्य शहरहरु धरान, इटहरी, नारायणगढ, पोखरा, बुटवल, दमक आदिमा फिल्मका मुख्य कलाकारका साथमा साँगीतिक टोली पनि पुग्नेछ । यसरी फिल्मको सफलताका लागि हर प्रयाश गरिरहेको छ, निर्माण टोली । आशा छ, मेरी मामु नेपाली चलचित्र क्षेत्रका लागि अर्को व्लकवस्टर फिल्म घोषित हुनेछ ।