बोल माया पछि २४ घण्टा बित्न नपाउदै ट्रेनिङमा पर्यो खुमन अधिकारीले आवाज दिएको मार्मिक तीज गीत “दिदि भाई”

कमल सरगम,काठमाण्डौ /हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको हार्दिक शुभकामना सहित गायिका स्मृति तिमिल्सिना”गुरुआमाको” उत्कृष्ट तीज कोशेली “दिदि भाई २”बजारमा आएको छ ।विष्णु न्यौपानेको उत्कृष्ट शब्द तथा खुमन अधिकारीको लयमा तिज गित बजारमा आएको उक्त गीतमा स्मृति तिमिल्सिना र खुमन अधिकारीको सुमधुर स्वर रहेको छ । नेपालि चेलीबेटीहरुको तिजको माहोला तातिरहेको बेला चेतनामुलक सन्देश बोकेको उक्त म्युजिक भिडियोमा महेन्द्र गौतम,रमा थपलिया,सुश्मिता सापकोटा,शेर बहादुर डिसी र गीता खडकाले अभिनय गर्नु भएको छ । यस गीतको भिडियो निर्देशन गायिका स्वयम् स्मृति तिमिल्सिनाले गर्नु भएको गीतको सम्पादन भने प्रकाश धमलाले गर्नुभएको छ ।

गुरुआमा फिल्मस प्र.लि.ले दृश्य निर्माण गरेको यस म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गर्नु भएको छ भने यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भनेस्मृति तिमिल्सिना आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । यो गीतले पनि केहि उचाईसम्म लाने अपेक्षा गरेका छौ ।
हेर्नुहोस भिडियो :