साउन महिनामा श्रीमतीे ब्रत बस्दै श्रीमान् जाँडपार्टीमा रमाउँदै (भिडियो सहित)

आज साउन महिनाको अन्तिम सोमबार देशभरका बिभिन्न मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । बिशेषत् महिलाहरु साउनमा ब्रत बस्ने गर्छन् । साउन महिनामा श्रीमतीहरु ब्रत बस्छन् तर श्रीमान्हरु भने श्रीमतीको ब्रत भंग गरिरहेका हुन्छन् । साउन महिनामा ब्रत बस्नाले कतिपयका घरमा खाना पाक्दैन । श्रीमान्हरु भोकै अफिस जानुपर्ने बाध्यता छ ।
यस्तै कथामा आधारीत एक सर्ट मुभी निर्माण भएको छ । श्रीमती ब्रत बस्दै मन्दिर धाउँछिन् भने श्रीमान्हरु भोकै अफिस जान्छन् र बेलुका जाँड पार्टीमा रमाउँछन् । सागर आचार्यको कथा तथा निर्देशनमा बनेको भिडियोमा मीना गुरुङ, सागर आचार्य, अर्जुन बाँस्तोला, घनश्याम गैरे, पुष्पा गुरुङको अभिनय रहेको छ ।