देबिका केशीको तीजको कोसेली “तिजैको गीतैले” क्यानाडा बाट सार्बजनिक (भिडियो सहित)

स्कटनेपाल युके,

तिज आउन लामो समय बाकी रहदै गर्दा तिजका गितहरु बजारमा आउन थालेका छन् । हरितालिका तिज नेपाली नारिहरुको महान पर्व घर आगनमै आइपुग्न लाग्दा यतिखेर सांगीतिक बजार तिजमय भएको देखिन थालेको छ । बिगतका केही बर्ष अगाडि देखि नेपाली लोकसांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका लोकप्रिय गायक हुन रित कुमार श्रेष्ठ त्यस्तै सांगीतिक क्षेत्रमा दशकौंदेखि निरंतरता लागीरहेकी स्वर की धनी रुपकी रानी गायिका हुन देबिका केशी ।

यिनै जोडी गायक रित र देबिका केशिको आवाजमा सजिएको यश बर्षको उत्कृस्ट तिज कोशेली “तिजैको गीतैले” बजारमा भर्खरै मात्र सार्बजनिक भएको छ ।
जीवन बिसि को लय शब्दमा रहेको यो गीतको म्युजिक भिडियो इस्वर थापाको निर्देशन , सम्पादन गोकर्ण लामिछाने र राजु थापा को छायांकन मा तयार भएको छ। भावना म्युजिक सोलुसन ले बजार ब्यबस्थापन गरेको यस गीतमा रोशन,बाबू,आस्था र रुपाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । यस लाई भिडियो लाइ म्युजिक नेपाल युटुब चेनल मार्फत सार्बजनिक गरिएको हो ।
भिडियो