पुर्व एकलौटी आफ्नो कब्जामा पारेको ७ बर्षीय बाल कलाकार आयुब सेनको मुख्य भूमिकामा रहेको चलचित्र मेरी मामुले पश्चिममा पनि कब्जा गर्यो

यतिबेला पूर्व र पश्चिमका विभिन्न स्थानमा रहेका स्कूल स्कूलमा चलचित्र ‘मेरी मामु’ टिम प्रचार प्रसारका लागि पुगेको छ । बालकलाकार आयुव सेनको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी मामु’ पारिवारिक चलचित्र हो । जून फिल्मले आमा र छोराबीचको सम्बन्धलाई देखाउन खोजेको छ । चलचित्रको रिलिज मिति नजिकिएसँगै टिम विभिन्न स्कूल तथा कलेजमा पुगी क्याम्पेनिङ सुरु गरेको हो ।

चलचित्रकी नायिका अश्लेषा ठकुरी, नायक सारुक ताम्राकार, गायक बादल थापा लगायतको टोली पब्लिसिटीको क्रमममा दाङ पुगेको छ भने यता धरान, बिर्तामोड, दमक लगायतका स्थानमा पुगेर फिल्मका निर्माता सन्तोष सेन, आयुव सेन भने बर्दिवास आइपुगेका छन् । पूर्व र पश्चिमका क्षेत्रमा फिल्मको प्रमोशन निकै व्यापक तवरले भइरहेको छ । यस अघि विसुद्ध प्रेमकथानक चलचित्र पस्किएका निर्माता सेन यो पटक पारिवारिक प्रेम बोकेर दर्शकमाझ आएका हुन् । ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ जस्ता हिट फिल्म दिइसकेका सेनले यो पटक दर्शकलाई रुवाउने सुरु कसेका छन् । फिल्मको सार्वजनिक एक गीतले धेरैलाई भावुक बनाउन सफल भएको छ । भाद्र १५ रिलिज मिति तय गरिएको चलचित्रको ट्रेलर केही दिनमै सार्वजनिक गर्ने तयारी गरिएको छ ।

प्रचार प्रसारको क्रममा समेत अडियन्समा राम्रो प्रतिक्रिया मिलेको निर्माता सन्तोष सेनले फिल्मीकुरालाई जानकारी दिएका छन् । यो पटक उनी सफलतामा ह्याट्रिक गर्ने तयारीमा छन् । यम थापाले लेखन तथा निर्देशन गरेको ‘मेरी मामु’ आशुसेन फिल्मस्को चौथो कोसेली हो ।