बुटवलमा सपन्न भयो मिष्टर एण्ड मिस टिन

बुटवल गत शुक्रबार सम्पन्न भएको मिष्टर एण्ड मिस टिन प्रदेश न. ५ को विजेता द्वोय सनरोज श्रेष्ठ र जस्मिन कार्की बनेका छन् । एसपिएम क्रियशनको आयोजना तथा मुभी क्लब नेपाल डट कमको संयुक्त आयोजनामा शुक्रबार राती फिनालेबाट श्रेष्ठ र कार्की विजेता बनेका हुन । उपाधिसंगै उनीहरुले नगद सहित, आर्कषक पुरस्कार हात पारेका छन् । प्रतियागिताको फिनालेमा नायिका तथा समाजसेवी अश्लेशा ठकुरी, कोरियो ग्राफर तथा फेसन स्टाइलिश तेन्जु योञ्जन, मिस लुम्बिनी कल्चर बिजेता प्रिया थापा मगर र आयोजक तथा कोरियो ग्राफर सुजित बश्याल निर्णायक रहेका थिए । प्रदेश न. ५ का १३ वर्ष देखि १९ वर्ष सम्मका युवाहरुको अन्तर्निहित क्षमता तथा योग्यतालाइ पहिचान गरि प्रस्फुटन गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको एस पि एम क्रियसनका फाउन्डर पवन आचार्यले बताएका छन । यसैगरि प्रतियोगितामा फस्ट रर्नरअप जस्मिन खनाल तथा कृतज्ञ गौतम, सेकेन्ड रनरअप नितिशा पौडेल तथा अबिषेक गौतम बनेका छन् ।

अर्गनाईजर च्वाईस बिनिता कर्माचार्य तथा डायमण्ड गौतम, भियूअर च्वाईस बिक्की क्षेत्री तथा बर्षा थापा मगर, अर्गनाइजर च्वाइस सिमा सुनार, बेष्ट फिगर नितिशा पौडेल, बेष्ट फिजीक कृतज्ञ गौतम, मस्ट फोटोजेनिक सनरोज श्रेष्ठ तथा जस्मिन कार्की, मष्ट ट्यालेन्ट जस्मिन खनाल तथा अबिषेक गौतम, ह्याण्डसम विथ पर्पोज कृतज्ञ गौतम, ब्यूटि विथ पर्पोज सिमा सुनार, बेष्ट पर्सनालिटी डायमण्ड गौतम तथा बर्षा थापा मगर, बेष्ट वाक सनरोज श्रेष्ठ तथा बिनिता कर्माचार्य, मष्ट कन्फ़िडेण्ट बिबेक तिमिल्सिना, मष्ट क्रियटिभ नितिशा पौडेल भएकी छन् । उत्कृष्ट सबैलाई आर्कषक पुरस्कारहरु बितरण गरिएको थियो । कार्यक्रम सभ्य तथा भब्य रुपमा सम्पन्न भएको मुभी क्लब नेपाल डट कमका निर्देशक राजीव भुसालले बताउनु भयो । प्रतियोगीहरुको अन्तरनिहित क्षमता तथा व्यक्तित्वको आधारमा उत्कृष्ट विजेता तथा उप बिजेताहरु घोषणा गरिएको हो । कार्यक्रममा सिनियर कोरियोग्राफर तथा एसपिएम क्रियशनका अफिसियल कोरियोग्राफर रेशम न्यौपानेको कोरियोग्राफी रहेको थिए । कार्यक्रम द दरबार लन, योगीकुटीमा समाजसेवी महेशमान सिंहको प्रमुख आतिथ्यता तथा बुटवलका बरिष्ठ कार्यक्रम संचालक सुमन श्रेष्ठले संचालन गरेका थिए ।