४ करोड लगानीमा निर्माण गरेको हेटौंडाको Omax फिल्म हलमा आगलागी, (डर लाग्दो भिडियो सहित)

हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । आगो लागेको करिब दुई घण्टापछि निभाइएको छ । हेटौंडा उप–महानगरपालिका र आयल निगमको दमकलले आगो निभाएको हो । आगलागीबाट हल भित्रका सबै सामानहरु जलेर नष्ट भएका छन् । हेटौंडाको पहिलो अत्याधुनिक हल ओम्याक्स हल आगोलागीले क्षण भरमै ध्वस्त भएको छ ।

चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेन्द्र महर्जनले हेटौंडा–४, हुप्राचौरमा सञ्चालन गरेको फिल्म हलमा आगलागी भएको हो ।जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार विद्युत्त सर्ट भएर लागेको आगो लागेको हुन सक्ने जनाएका छन । ०६५ सालमा ३ डी प्रविधि प्रयोग गरेर करिब ४ करोड लगानीमा निर्माण गरेको फिल्म हलमा आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

[youtube https://www.youtube.com/watch?v=l7TVBfMcU98]