आफ्नै प्रेमिकालाई छुन नपाए पछी बैकरे जंगिए घनश्यामको तीज गीतमा “हेर्नुहोस”

कमल सरगम-काठमाण्डौ।हिन्दुहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बहुचर्चित सर्जक घनश्याम रिजाल र सुमित्रा काफ्लेको तीज कोशेली “छुन हुने भए त्..”बजारमा आएको छ।पशुपति शर्माको लय र घनश्याम रिजालको शब्द सृजनामा सुसजित गीतमा आवाज भने घनश्याम रिजाल र सुमित्रा काफ्लेको रहेको छ।प्रकाश भट्टको निर्देशन र अन्जली अधिकारी,निर्मल क्षेत्रीको अभिनय रहेको गीत घनश्याम रिजालको अफिसियल युटुब च्यानलबाट सार्बजनिक भएको छ। गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना,भिडियो सहित :