डेढ महिनाको छोरो छाडेर बाबु सेतीमा हराए, श्रीमती अर्धचेत, साथीभाई भन्छन्, कतै लुकेर बसेको छ । (स्थलगत भिडियो)

गत शनिबार देखी बेपत्ता रहेका व्यवसायी फरिन्द्र ढुंगानाको कुनै पत्तो लाउन सकेको छैन । फ्लोरिङ फर्निसिङ व्यवसायी संघ कास्कीका आजिवन सदस्य समेत रहेका र इभा ट्रेडर्स न्यूरोडका संचालक रहेका ढुंगाना गत शनिबार राती ८ बजे पछि सम्पर्क बिहिन भएका थिए । उनी चढेकोे स्कुटर पोखराको चोरसाँघु नजिकै एसओएस स्कुल अगाडि भेटिएको थियो । स्कुटरसंगै उनले श्रीमती र आफन्तहरुलाई सम्बोधन गरेर लेखेको पत्र समेत भेटियो ।
घरमा एक छोरी र भर्खर जन्मिएको डेढ महिनाको छोरो छ । यति सानो छोरालाई समेत चटक्कै माया मारेर ढुंगाना किन बेपत्ता भए यो भने सोचनीय बिषय बनको छ । उनले लेखेर छोडेको नोटमा चर्को मिटर ब्याजमा पैसा लिएको, ४०, ६०, ८० प्रतिशत सम्म ब्याजमा पैसा लिएकाले तिर्न नसकेकोले बाध्य भएर यो निर्णय दिन पुगेको बताएका छन् । उनका साथी भाईका अनुसार त्यती धेरै पैसा कहाँ खर्च गरेको छ भन्ने नै कसैलाई थाहा नभएको बताए । उनकी श्रीमती अर्धचेत अवस्थामा छिन् । उनलाई समेत श्रीमान्ले कति पैसा कहाबाट कसरी ल्याएका थिए, कहाँ खर्च गरेका थिए भने बारे केही थाहा थिएन ।
उनी आबद्ध संस्था फ्लोरीङ फर्निसिङ व्यवसायी संघ कास्कीका महासचिव जिवन प्रकाश श्रेष्ठले घटनाको प्रकृती हेर्दा फरिन्द्र सेती नदिमा छैन उ कतै लुकेर बसेको छ भन्छन् । उनले फरिन्द्र त्यस्तो निर्णय लिन सक्ने क्षमताको मानिस नभएको र कही कतै लुकेर बसेका भए तुरन्त खबर गर्न पनि आग्रह गरे । हेर्नुहोस् यो स्थलगत रिपोर्ट ।