मन बिनाको धन ठुलो जस्तै गायक टंक बुढाथोकीको अर्को देशप्रेमी गित , ३ करोड नेपालीको मन छुन्छ (भिडियो सहित )

सङ्गीत लाइनै पेशा बनाएर निरन्तर दिई रहने व्यक्तिहरुको नाम लिनु पर्दा एउटा भाग्यमानी नाम हो टंक बुढाथोकी । काम गर्न थालेको छोटो समयमै नाम दाम हासिल गरेका टंकका प्राय सबै गीत हिट छ्न । चलचित्र जन्जिर “किन गाह्रो गाह्रो हुन्छ, हिम्मवाली काली तिम्रो नजरैले,हवलदार सुन्तली घण्टी बज्यो, आबेग सोल्टी ले हासेको,टिचर मोबाईलको क्यामरा लगायत दर्जनौ चलचित्रमा गीत गाएर सङ्गीत गरेर आफुलाइ दर्सक सामु परिचीत गराउन सफल टंकको पछिल्लो समय रिलिज भएको “मन बिनाको धन ठुलो” बोलको गितले व्यापक चर्चा पाइरहेको छ ।

थोरै काम तर राम्रो कामको सिदान्तमा आफुलाइ अगाडि बढाइ रहेका टंक आफुले छोटो समयमा पाएको माया बचाइरहन एकदमै मेहेनत गरेको बताउछन् ।
फरक फरक धारमा आफूलाई उभ्याई रहेका टंकले देशभक्ति “नेपाली हामी गोर्खाली ” बोलको गित लिएर आएका छन् । उक्त गीतमा नेपालको सर्बोच अग्लो सगरमाथा देखि लिएर प्रत्येक नेपालका पहिचान ठाउहरुको बारेमा कुरा उठाएको छ । नेपाली हामी गोर्खाली बोलको गीतमा प्रसाद तिमल्सिनाको शब्द,टंक बुढाथोकिको संगीत तथा तृप्ति खड्का गुरुङ र टंक बुढाथोकीको नै स्वर रहेको छ ।
[youtube https://www.youtube.com/watch?v=6PfIrniw990]