२०१८ को उपाधि सागर खत्री र प्रतिमा सुवेदीले हात पारे !

बुमर्याङ मिस्टर एण्ड मिस पश्चिमाञ्चल –२०१८ को उपाधि सागर खत्री र प्रतिमा सुवेदीले जितेका छन् । आरएन स्टाइलको आयोजना र बुमर्याङ इन्टरनेशनल एजुकेशन सुर्भिसको मुख्य प्रायोजनमा बुधबार सम्पन्न ग्राण्ड फिनालेमा उनीहरुलाई विजेता घोषणा गरिएको हो । विजेताले उपाधि , नगद पुरस्कार करिब एक लाखको शैक्षिक अवसर , प्रमाणपत्र लगाएतका पुरस्कार प्राप्त गरेको आयोजक संस्थाका निर्देशक सुजित बस्यालले बताए । उत्कृष्ट २८ जना (मिस्टर एण्ड मिस) हरुबाट उनीहरु विजेता बनेका हुन् ।

बुटवल स्थित मिलन हलमा भएको प्रतियोगितामा सुदिप सेञ्चुरी र अनामिका पाण्डे फ्रस्ट रनर अप,समिर थापा र लेविष्का गुरुङ सेकण्ड रनर अप,विशाल नेपाली र अस्मि रानाले थर्ड रनर अप बन्न सफल भएका छन् । त्यसैगरी ऋतिक जयस र अञ्जली नेपाली कोरियोग्राफर च्वाइस बनेका छन् भने शंकर तामाङ र प्रतिष्ठा थापाले अर्गनाइजर च्वाइसको उपाधि प्राप्त गरेका छन् ।
एक महिना अघिदेखि सुरु भएको प्रतियोगिताका विजेतलाई आरएन स्टाइलका प्रबन्ध निर्देशक तथा चर्चित कोरियोग्राफर रेशम न्यौपाने,निर्देशक तथा प्रतियोगिताका कोरियोग्राफर सुजित बस्याल ,बुमर्याङ इन्टरनेशनल एजुकेशन सुर्भिसका प्रबन्ध निर्देशक बुद्धिसागर अर्याल, मिस्टर पश्चिमाञ्चल –२०१७ का विजेता अर्जुन गाहा लगाएतले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा विभिन्न राउण्डसँगै सांस्कृतिक कार्यक्रमको प्रस्तुती रहेका थियो । मध्यरातमा सम्पन्न ग्राण्ड फिनालेको सञ्चालन चर्चित सञ्चारकर्मी सुमन श्रेष्ठले गरेका थिए । विजेता सागर खत्री बुटवलका हुन् उनले तिलोत्तमा क्याम्समा बिबिए अन्तिम सेमिस्टार अध्ययन गर्दै छन् भने प्रतिमा सुवेदी रिडी, गुल्मीकी हुन् । उनले हालै कान्ति मा.वि. बुटवलबाट एसईई उत्तिर्ण गरेकी उनकी दिदी जमुना सुवेदीले बताइन् ।