किन घरको भाडा तिरेर सेतीमा हाम्फाले ढुंगाना ? घटनास्तलमै भेटियो यस्तो मार्मिक सुसाईड नोट (स्थलगत भिडियो)

पोखराको चोर साँघुबाट मानिस हामफालेको आशंकामा नेपाल प्रहरी तथा सशस्त्र टोलीको रेस्क्यु टिमले खोजिकार्य शुरु गरेको छ । स्थानियका अनुसार चोर साँघु पुल नजिकै एक ब्याक्तिले स्कुटर रोकेर पुलमा आएर चुरोट पिउंदै गरेको र पुलबाट केही खसे जस्तो आवाज आएपछि त्यहाँ हेर्दा उक्त ब्याक्ति त्यहाँ नदेखिएको स्थानिय एक युवाले बताए । उनले भने “एक जना ब्याक्ति चुरोट पिउंदै गरेको देखेको थिएं, म आफ्नै काममा व्यस्त थिएँ , खस्रक्क आवाज आएको सुनेपछी हेरें, त्यो ब्याक्तिलाई त्यहाँ देखिन, उनको दाबी छ, त्यती छोटो समयमा त्यो ब्याक्ति पुल कटेर गैसक्ने समय थिएन ।”

कास्कीको धिताल घर भइ पोखरा सभागृहचोकमा इभा ट्रेडर्स नामको फर्निसिङ ब्यापारी हिजो साँझ देखी बेपता थिए । उनको आफन्तले रातभर जतासुकै खोजीकार्य गरेपनि अत्तोपत्तो लाग्न सकेको थिएन । बिहानैदेखी खोजि गर्दै जाँदा पोखराको चोर साँघु नजिकै स्कुटर फेला पर्यो । हिजोदेखि हराएका उनको यता पुल नजिकै स्कुटर बेवारिसे अबस्थामा फेला पर्नु र स्थानियले हिजो देखेको घटना सुनेपछि आफन्तले त्यहि पुलबाट हाम फालेको हुन सक्ने अड्कल काटेका छन् । त्यसबाहेक उनको स्कुटरमा एउटा चिठ्ठी समेत फेला परेको छ । जसमा आफु आफ्नो परिवारको कारणले भन्दा पनि बाहिरी मानिसको व्यवसायीक टर्चरले घर छोडेर हिड्न बाध्य भएको चिठ्ठीमा उल्लेख छ ।

भिडियोमा हेर्नुहोस घटनास्थलमा पुग्दा यस्तो देखियो,प्रतक्ष्यदर्शी र आफन्तले दिए यस्तो बयान स्थलगत रिपोर्ट