गायक सुवेदी र विन्दु सुटुक्क माया पिरतीमा गासिए पछी .. भिडियो सहित !

साउन १४, काठमाडौं । नेपाली लोक तथा आधुनिक गीतहरुमा साधना गर्दै आइरहेका संगीतकार तथा गायक प्रभात सुवेदीले ‘पिरतीको कीला’म्युजिक भिडियो बजारमा लिएर आएका छन् ।
उक्त गित मुनाल टिभिको च्यानलबाट सार्वजनिक गरिएको छ । युवायुवतीहरुलाई मन पर्ने नचाउने खालको यो गीत गायिका विन्दु परियार र प्रभात सुबेदीको आवाजमा सजिएको छ ।

वहु प्रतिभा भएका सुवेदी आफूले रोजेका हरेक क्षेत्रहरुमा अब्बल देखिन्छन् र यो उनको विशेषता पनि हो । कहिलेकाँही स्थानीय तथा राष्ट्रिय स्तरका सञ्चारमाध्यमहरुमा लेखहरु पनि लेख्दै आएका सुवेदीको ‘जगाऔँ आत्मविश्वास’ नामक पुस्तक समेत प्रकाशित छ । उनी गणित विज्ञानका शिक्षक पनि हुन् । बर्दियाको गुलरिया स्थित श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा अध्यापनरत रहेका प्रभात सुवेदी जिल्लामा सञ्चालन हुने विभिन्न शैक्षिकक तथा रङ्गमञ्चीय कार्यक्रमहरुमा उद्घोषण गर्न पनि उत्तिकै माहिर मानिन्छन् ।

सहारा फिल्मले निर्माण गरी मुनाल टिभीको अफिसियल युट्युव च्यानलमार्फत आइतबार सार्वनिक गरिएको ‘पिरतीको कीला’ गीत उनको आफ्नै शब्द र संगीत हो भने यसको भिडियो फिचरिङ एलिना रायमाझी र विकाश लामाले गरेका हुन् । भिडियोको निर्देशन भने चर्चित निर्देशक शिवेन पोख्रेलले गरका छन् । मुकेश हुमागाईंको क्यामेरा र अधिनायकमान शेरचनको सम्पादन रहेको यस भिडियोमा नव मोडलकै रुपमा बर्दियाकै अनिशा क्षेत्रीले युबिन ढुङ्गानासँग शशक्त अभिनय गरेकी छिन् ।
हेरौ उक्त भिडियो