मोडेल रेखा राईका अहिलेसम्मकै हट तस्विरहरु (फोटोफिचरसहित)

कलाकार तथा मोडेल रेखा राई पछिल्लो समयमा चर्चित नाम हो । एक दर्जन भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी रेखा राई बेली डान्स र साल्सा डान्समा पोख्त छिन् ।

 उदयपुरमा जन्मिएर कलाकारिता क्षेत्रमा लागेकी रेखा राई नेपालको विभिन्न ठाउँहरुमा आफ्नो डान्स र कलाकारीता देखाई सकेकी छन् भने, कतार, सिक्किम, दार्जिलिङ्ग लगायत अन्य विभिन्न देशहरुमा पनि आफ्नो कला देखाई सकेकी छन् ।

अत्यान्तै मिलनसार रेखा सरल र सोझी छन् । मोडेल हुनलाई वा चर्चित हुनको लागि शरीरको वश्त्र खोल्नै पर्ने भन्ने मान्यता आफूमा लागू नहुने बताउतै अरुले खोले आफूलाई कुनै आपत नपर्ने तर कथाले माग्यो भने आफू पनि कथाले मागे जति दिन सक्ने बताउछिन् ।

 १२ कक्षामा अध्ययनरत रेखा राईलाई विशेष गरेर नेपाली खाना दाल भात तरकारी र टोमाटोको अचार मन पर्छ । समय अनुसारको आफूलाई सहज हुने ड्रेस लगाउन रुचाउने रेखा राई वान पिस देखि साडी चोला सम्म लगाउने गरेकी छन् ।